बारामा तरकारी किसानहरुको प्रदर्शन ।

Mar Tue 2023 02:16:47

बारामा तरकारी किसानहरुको प्रदर्शन ।

काठमाडौँबाराका तरकारी किसानहरुले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । झण्डै एक सयको संख्यामा भेला भएका किसानले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् । कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र नगर प्रहरीले जफत गरेको तरकारीको क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका थिए । सेडमा ठाउँ नभएपछि कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी तथा तरकारी नगर प्रहरीले जफत गरेको उनीहरुको भनाइ छ । जफत गरिएको तरकारी किसानलाई बेलैमा फिर्ता दिनुको साटो कुहाएको उनीहरुको गुनासो छ । यसबाट किसानलाई १ लाख भन्दा बढीको क्षति भएको अनुमान छ । उनीहरुका अनुसार नगर प्रहरीले ३ चैतमा ५० जना जति किसानले बिक्रीका लागि राखेको तरकारी जफत गरेको थियो ।

सेड व्यापारीलाई दिएका छन्, हामी किसानलाई तल राखेर तरकारी बेच्न भने, तर नगर प्रहरीले उठाएर ल्याइदियो । पहिला क्षतिपूर्ति दिन्छु भन्थे तर अहिले त्यही तरकारी लगेर बेच भनिरहेका छन् । किसानहरले भने, ‘नगर प्रमुखले ७ गतेसम्म सेड खाली गरेर दिन्छु, जफत गरिएको तरकारीको क्षतिपूर्ति दिन्छु भन्थे, अहिले त त्यही कुहिएको तरकारी लगेर बेच भन्दैछन् । उपमहानगरले यसरी किसानलाई दुःख दिने हो भने खेतीपाती छोड्नुपर्ने अवस्था आउने आन्दोलित किसानहरुको भनाइ छ । किसानको मागको सुनुवाइ नभए थप आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?