भण्डारीको उपचारमा सरकारले गर्‍यो लाखौँ खर्च ।

Mar Mon 2023 04:02:14

भण्डारीको उपचारमा सरकारले गर्‍यो लाखौँ खर्च ।

काठमाडौंनेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभासांसद चन्द्र भण्डारीको उपचारका लागि नेपाल सरकारले ५५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार ११ फागुन २०७९ मा भएको मन्त्रिपरिषद्को बैठकले भण्डारीको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो । सोही अनुसार उनलाई एयर एम्बुलेन्सबाट भारत लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोरेको हो। भण्डारीको उपचार रकम ५५ लाख ८८ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । यसअघि माघसम्म सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । जसमा पूर्वराष्ट्रपति रामवरण यादवदेखि भुटानी नेता टेकनाथ रिजालको उपचार खर्च समेत समावेश छ । नेपाली कांग्रेसका नेता भण्डारी आफ्नै निवासमा भएको आगलागीमा परी गंभिर घाइते भएका थिए । उनको उपचार नेपालमा सम्भव नभएपछि अहिले भारतमा उपचार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?