काठमाडौं–लघुवित्त तथा मिटर ब्याजी पीडितहरुले काठमाडौंको माइतीघर मण्डालामा उपस्थित भएर बिरोध प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाहरुबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । उक्त बिरोध प्रदर्शनमा ५० जिल्लाका पीडितहरु सहभागी भएको उनीहरुको भनाइ छ । आन्दोलीत जनताहरु लघुवित्त संस्था र मिटर ब्याजी साहुमहाजनका कारण आफूहरु समस्यामा परेको भन्दै बिगत केही समय देखी देशैभरी बिभिन्नखाले आन्दोलनका कार्यक्रम गर्दै आईराखेकाछन् । आन्दोलकारी र सरकारका बिच केही चरण बार्ता भएर सहमति पनी भएको थियो तर सरकारले भएको सहमति कार्यन्वय गर्न तदारुक्ता नदिएकाले पिडितहरु आर्कोसित मात्रै छैनन् बरु देशैभरीका पिडितहरु आन्दोलनमा थपीदै गएकाछन् । आन्दोलनमा सहभागी पिडितहरुले सरकारसँग ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् । सरकारले पिडितहरुको माग सम्वोदन नगरे जस्तो सुकै पनि आन्दोलन गर्ने उनिहरुको तयारी छ ।