मुगुका बाढीपीडित ६ महिना देखि पुनर्वासको पर्खाइमा पालमुनी ।

Feb Tue 2023 02:06:22

काठमाडौँ मुगुका बाढीपहिरो पीडित परिवारहरू ६ महिनासम्म पनि पुर्नवासको पर्खाइमा बस्नु परेको छ । बाढीपहिरोले विस्थापित बनाएको ६ महिनासम्म पनि सरकारले व्यवस्थापन नगर्दा उनीहरू खुला चौरमा त्रिपाल टांगेर हिउँदको चिसो कटाउन बाध्य भएका छन् गत असोज १९ देखि २३ गतेसम्मको भीषण वर्षासँगै आएको बाढीपहिरोले जिल्लाभरि २ सय ३६ परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने १ सय ८८ परिवारको घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी ३ सय ९९ परिवार बाढीपहिरोको उच्च जोखिममा छन्  पिडितहरु भन्छन्, 'फेरि बर्खा सुरु हुन थालिसक्यो कहाँ गएर बसौं ? सल्लाको पिरल र पलाष्टिक ओढेर बस्नु परेको छ  गत असोजको भीषण वर्षाले झ्यारी गाउँका केही घर भत्किएर बस्न नमिल्ने भएको र केही घर चर्किर जोखिममा परेपछि झ्यारी गाउँका १ सय ४१ मानिस गाउँ छाडेर बाम्नीचौरमा त्रिपाल हालेर बस्दै आएका छन् । यससँगै फागुनमै खाद्यान्न अभाव हुन थालेपछि चिन्ता बढेको पिडितहरू बताउँछन्  बाढीपहिरोले तहसनहस पारेको बस्तीमा भोकमरी पनि सुरु भएको छ । अन्नबाली तहसनहस भएपछि बाढीपहिरो पीडित परिवार बस्तीमा फागुनमै भोकमरी पैदा भएको छ । राहत र घरमा बाँकी रहेको अनाजले पेट पाल्दै आएका विस्थापितहरूको अन्न सकिएपछि बिहानबेलुका छाट टार्न समस्या हुन थालेको पिडीतहरुले बताए  बाम्नीचौरमा बस्दै आएका बाढीपहिरो पीडित परिवारलाई रारा राष्ट्रिय निकुञ्जले बारम्बार ठाउँ छोड्न दबाब दिन थालेपछि झन् संकटमा परेको उनीहरूको गुनासो छ  यसरी सुरक्षित घर र अन्नका लागि संघर्ष गरिरहेका विस्थापितहरू निकुञ्जले ठाउँ छाड्न दबाब दिएपछि थप समस्या उत्पन्न भएको बताउँछन् । यस्तो अवस्थामा निकुञ्जले दबाब दिनु अनुचित रहेको विस्थापितहरू बताउँछन्  प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नै उनीहरूलाई पुनर्वास तथा राहत उपलब्ध गराउने आश्वासन दिएका थिए तर हालसम्म कुनै ब्यवस्था नभएको उनीहरूको गुनासो छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?