काठमाडौं–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महँगी र चर्को ब्याजदरविरुद्ध आज सोमबार देशव्यापी बिरोध प्रदर्शन गरेको छ । उक्त पार्टीले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ । गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।