गहुँको प्रतिकेजी ३३.५१ रुपैयाँ मुल्य सरकारले तोक्यो कार्यान्वयन हुनेमा आसंका ।

Feb Sat 2023 01:32:25

गहुँको प्रतिकेजी ३३.५१ रुपैयाँ मुल्य सरकारले तोक्यो कार्यान्वयन हुनेमा आसंका ।

काठमाडौंसरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो । यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ । जसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ । समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ । तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसानहरु सधैँ पीडित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?