७ महिनामा ५ लाख युवा,युवतीहरु विदेशिए ।

Feb Wed 2023 02:10:20

७ महिनामा ५ लाख युवा,युवतीहरु विदेशिए ।

काठमाडौंचालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख नेपाली युवा युवतिहरुले वैदेशिक रोजगारीका लागि देश छाडेका छन् । स्वदेश भित्रनै राज्यले रोजगारिको ब्यवस्था गर्न नसक्दा बर्षेनि लाखौँ नेपालीहरुले देश छाडन बाध्य बनेकाछन् । पछिल्लो चरणको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको देखिन्छ । यो वर्ष ७ महिनामै नयाँ अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या मात्रै ३ लाख १४ हजार ७६७ जना पुगेको छ । माघ महिना मात्रै ३९ हजार १२४ जना युवा वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिएको देखिन्छ । यो अवधिमा १ लाख ६७ हजार ७०८ पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश उडेको वैदेशिक रोजगार विभागको तथ्यांकमा देखिन्छ ।

माघ महिनामा २५ हजारभन्दा धेरै युवाले श्रम स्वीकृति नवीकरण गरेका छन् । यसमा भिजिट भिसामार्फत अवैध रुपमा विदेश जाने र भारतीय बाटो भएर वैदेशिक रोजगारीमा जानेको संख्या सामेल छैन । यो अवधिमा मलेसियमा सबैभन्दा धेरै १ लाख ८२ हजार युवा कामका लागि पुगेको देखिन्छ ।वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा १ लाख ३० हजारले बढेको छ । गत वर्ष यसतै अवधिमा ३ लाख ५२ हजार ४२३ युवा विदेशिएका थिए । नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको संख्या २ लाख १०२ मात्रै थियो भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ५२ हजार ३२५ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?