काठमाडौं–उपत्यकाभित्र र बाहिरका अधिकांश जलनका बिरामीहरू सोझै या रेफर भएर पुग्ने अस्पतालहरूमध्ये देशकै एक कीर्तिपुर अस्पताल हो । उक्त अस्पताल बारे यतिबेला बहस सुरु भएको छ कारण बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै घरमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी आगोले जलेर गंभिर घाइते हुनु भयो र उहाँकी आमाको उक्त आग्लागीमा जलेर निधन भयो । नेता भण्डारीको शरीर ३० प्रतिशत जलेको र उपचारका लागी बिहीवार भारतको मुम्बई लगिएको छ । यो घटनाले नेपालमा जलनको उपचारका लागी निक्कै अभाव रहेको उक्त अस्पतालले जारी गरेको विज्ञप्तिले बताउँछ बिज्ञप्तिमा लेखिएको छ, हालको श्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ। नेपालमा जलनमा घाइते भएकाहरुको उपचार गर्न भनेर बनाइएका सरकारी अस्पताल छैनन्। यद्यपि, पछिल्लो समय सबै खाले रोगको उपचार हुने सङ्घीय अस्पतालहरूमा ४ देखि ६ वटा शय्यासहित जलन विभाग छुट्याइएको सम्बन्धित अधिकारीहरू बताउँछन्।
सरकारले आफूले आवश्यक समन्वयन र सहयोग गरेको बताए पनि जलन उपचारमा धेरै अभाव रहेको सांसद भण्डारीको घटनाले सतहमा ल्याईदिएको छ । राज्य स्तरबाट जलनका बिरामीहरूलाई दिइनु पर्ने सेवा नदिइएको कीर्तिपुर अस्पतालका जलन विभाग प्रमुख डा. किरण नकर्मी गुनासो छ। उहाँ भन्नुहुन्छ अस्पताल स्थापनामा नेपाल सरकारको सहयोग गरेको थियो। विभिन्न तालिमहरू आयोजना गर्न पनि सहयोग प्राप्त भएको छ। सरकारकै पहलमा एसिड परेका कारण समस्या भएका बिरामीको नि:शुल्क उपचार हुँदै आएको छ तर बिरामीको प्रकृति र सङ्ख्याको हिसाबमा यो पर्याप्त छैन। नेपाल सरकारले उक्त अस्पतालको लागि बार्षीक ३० लाख बजेट तोकिदिएको भए पनि हालसम्म उक्त रकम चलाउन नपाएको नकर्मीले सुनाउनु भो। हालसम्म विदेशी दाताहरूको सहयोगमा विपन्न नेपालीहरूलाई सहुलियत वा नि:शुल्क उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनु भो। हाल जलन सम्बन्धि उपचारमा के कस्ता समस्या छन भन्ने बारे विज्ञ डा. नकर्मी बताउनु हुन्छ कि काठमाण्डू बाहिरका प्राय अस्पताल वा स्वास्थ्य संस्थाहरूमा जलनको प्राथमिक उपचारसमेत नहुनुलाई प्राथमिक समस्या हो । देशका जुनसुकै क्षेत्रमा जलेका मानिसहरु काठमाण्डू नै आउनु पर्ने र उनीहरूले तत्काल पाउनुपर्ने उपचार र औषधि नपाउँदा बिरामीको अवस्था नाजुक बन्छ । झन् सघन उपचारको लागि त यहीँ पनि विज्ञ जनशक्ति नै अभाव छ । त्यसैगरी सरकारी अस्पतालहरूमा जलन विभागहरूमा यथेष्ट शय्या र “नर्स, फिजिओथेरापिस्ट, पोषणविद्, मनोविद्जस्ता विशेषज्ञ जनशक्ति पर्याप्त नहुनु”लाई अर्को ठूलो समस्याको रूपमा रहेको बताउनुहुन्छ । जसका कारण १५ प्रतिशतभन्दा बढी जलेका बिरामीहरूलाई प्राय कीर्तिपुर वा सुषमा कोइराला अस्पतालमा नै पठाइन्छ। जलेको अङ्गहरू समयसँगै पाक्दै जाने र त्यहाँ सङ्क्रमण हुने गर्दछ। त्यसरी बिग्रिएको घाउ काटेर फाल्नु पर्छ। विकल्पको रूपमा घाइते स्वयंको अन्य अङ्गको छाला वा दान गरिएको छाला खोजेर जलेर फालेको भागमा राख्नुपर्छ । तर, अधिकांश अङ्ग जलेका बिरामीहरूको हकमा दान गरिएको छाला खोजिन्छ। नेपालभर कीर्तिपुर अस्पतालमा मात्र छाला ब्याङ्क छ। कृत्रिम छाला अर्को उपाय हो। तर, त्यो निकै महँगो हुन्छ। करिब १०/१० सेन्टिमिटरको कृत्रिम छाला करिब ४० देखि ६० हजार नेपाली रुपैयाँ पर्न जान्छ। त्यस्तै नेपालमा जलन विशेष आइसीयू नहुनु पनि जोखिमपूर्ण बिषय हो।