रेल सञ्चालनमा भारतीय कम्पनी विदा नगर्न भारतको दबाव ।

Feb Wed 2023 04:42:46

रेल सञ्चालनमा भारतीय कम्पनी विदा नगर्न भारतको दबाव ।

 

काठमाडौंमंगलबार भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा जयनगर-जनकपुर (कुर्था) रेल सञ्चालनको म्याद थप गर्न अनुरोध गरेकाछन् । नेपालमा अब भारतीय कम्पनीलाई रेल्वे सञ्चालनको जिम्मा नदिने गृहकार्य भइरहेका बेला विदेश सचिवले नै महत्वका साथ सम्झौता नवीकरणको विषय उठाउनुलाई अर्थपूर्ण मानिएको छ । सरकारसँगको सम्झौताका आधारमा जयनगर-कुर्था रेलको सञ्चालन भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसन लिमिटेड -केआरसीएल) ले गर्दै आएको छ । कोंकणसँगको सम्झौता गत डिसेम्बर अन्तिममा ३ महिनाका लागि नवीकरण भएको थियो । सम्झौता अवधि सकिन करिब डेढ महिना बाँकी रहँदा भारतीय विदेश सचिव क्वात्राले फेरि म्याद थपका लागि दबाब दिएका हुन । नेपाल सरकारले वाषिर्क करिब ४८ करोड रुपैयाँसम्म खर्चने गरी कोंकणसँग रेल सञ्चालनको सम्झौता गरेको थियो ।

भारतलाई जिम्मा दिंदा सञ्चालन लागत उच्च दरमा बढेको भन्दै गत डिसेम्बरअघि नै सम्झौता नवीकरण नगर्ने नेपाल सरकारको योजना थियो । तत्कालीन यातायात सचिव गोपाल सिग्देलले सम्झौता नवीकरण नगर्ने र अबआफैंले चलाउने गरी तयारी थाल्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका थिए । तर, भारतीय पक्षले सम्झौता नवीकरणमा दबाब दिएपछि सरकार अडानमा टिक्न सकेन र नयाँ सरकार बनेर यातायात मन्त्रालयमा नयाँ मन्त्री नआउँदै कोंकणसँगको सम्झौताको म्याद ३ महिनाका लागि थप भयो । अब यो समय पनि सकिन लागेपछि फेरि भारतीय पक्षले दबाव सिर्जना गर्न थालेको छ ।

नेपालको रेल चलाउन हाल भारतीय कम्पनी कोंकणका १७ जना प्राविधिक नेपालमा छन् । यसअघि २६ जना भारतीय कर्मचारी रहेकोमा नेपालले ९ जनालाई विदा गरिसकेको छ । नेपालले भारतबाट दक्ष जनशक्ति ल्याएर भए पनि रेल चलाउने योजना बनाएपछि भारत सरकारले असुन्तुष्टि जनाइरहेको छ । उसले नेपालसँग रेल चलाउने दक्षता नभएको भन्दै हतारमा निर्णय नलिन आग्रह गरेको बाहनामा दबाव दिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?