फागुन ५ गते उद्योगी–व्यवसायीले बैंकविरुद्ध सडक आन्दोलन गर्ने ।

Feb Sun 2023 10:40:05

उद्योगीव्यवसायीहरूका ९वटा महासंघ र ३८ वटा संघहरूले बैंकविरुद्ध संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते बैंकहरूविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्न लागेको जानकारी दिएका छन् । व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदर विरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगीव्यवसायीहरूमा रहेको सिन्डिकेट अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न लागेको बताए । लामो समयदेखि उद्योगीव्यवसायीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासीन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको समितिले जनाएको छ । कोभिड महामारीलगायत विविध कारणले नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा समेत सरकारले व्यवसायीका कुनै पनि माग सम्बोधन नगरेको संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले बताए । बैंकहरूले देखाएको दादागिरीको अन्त्य र निश्चित उद्योगी व्यवसायीको सिन्डिकेटविरुद्ध एकपटक एक भएर बाहिर आउन उनले सबै उद्योगी व्यवसायीलाई आह्वानसमेत गरेका छन् । फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्न नभई व्यवसायी र व्यापारीहरूको हितका लागि गर्न लागेको उनको दाबी छ । श्रोत नयाँ पत्रीका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?