काठमाडौँ — सरकारले फागुन १ गते भोलि 'जनयुद्ध दिवस'को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । सो सशस्त्र युद्ध को नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्र लगाएतका उक्त आन्दोलन सँग सम्बन्धित पार्टीहरुले प्रत्येक वर्ष फागुन १ गतेलाई 'जनयुद्ध दिवस'को रूपमा मनाउँदै आएका छन् । यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।