गरिबको चित्कार सुनिदिने को ?

Feb Thu 2023 01:26:01

गरिबको चित्कार सुनिदिने को ?

काठमाडौंबुद्धनगरस्थित बुटवल पावर कम्पनीबाट छिर्ने गल्लीमा बिहीबार दिउँसो एक महिला डाँको छोडेर रुँदै थिइन् । उनी दुई हात जोडेर भन्दै थिइन्-मलाई छाड्दिनू दाई । धोबीखोला करिडोरबाट बुद्धनगर छिर्ने गल्लीमा ठेलामा मकै बेचिरहेको अवस्थामा महानगर प्रहरी टोलीले देखेपछि उनी ठेला लिएर भाग्छिन् । तर महानगर प्रहरी टोलीले उनलाई लखेट्छ । करिब २ सय मिटर भन्दा धेरै लखेटेपछि उनी भाग्न सक्दिनन् । ठेलामुनि छिरेर उनी डाँको छोडेर रुन थाल्छिन् । प्रत्यक्षदर्शी उर्गेन तामाङ भन्छन्, ‘ठेला कुदाउँदै ती दिदी बुद्धनगर भित्र छिर्नुभयो । तर महानगर प्रहरीले उनलाई छोडेन । भित्र आएर ठेला भेट्टाएपछि दिदी ठेलामुनि छिरेर रुन थालिन् । महानगर प्रहरीले उनलाई थर्काइरह्यो । ठेलामा मकै बेचेर आफ्नो घर व्यवहार चलाउँदै आएकी उनी मीनभवनमा बस्दै आएको बताउँछिन् । साढे दुई वर्षको छोरालाई ठेलामै राखेर मकै पोलेर बेच्ने गरेको र मकै बेच्ने ठाउँबाटै छोरालाई स्कुल पठाउने गरेको उनी बताउँछिन् । जाने बेला मकै पनि टन्न ठेलामा हालेर हिँड्छु, बाबुको स्कुल छुट्ने बेलामा मकैपनि सकिन्छ, अनि घर ल्याउने गरेको छुउनले आफ्नो पीडा सुनाइन् । छोरा ९ महिना भएदेखि नै एकापट्टी ठेलामा राखेर मकै बेच्दै हुर्काएको ती महिला बताउँछिन् । थोरै समय दिएपनि त्यही समयमा मकै पोलेर बेच्न हिंड्न हुन्थ्यो नि । बिहान ७ बजेपनि खेद्ने, बेलुका ७ बजेपनि खेद्ने के गरेर खानु अब ? ठेलामा मकै बेच्नेबाहेक अरु काम गर्न हातले नसक्ने उनी बताउँछिन् । एउटा हातका औंलाहरु आगोले जलेका कारण अरु काम गर्न नसक्ने उनी सुनाउँछिन् । स्रोत अनलाईन खबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?