काठमाडौ–काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशाल बहादुर बुढाथोकीमाथि छानबिन सुरू भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकी माथि छानबिन सुरू गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । शंखरापुर नगरपालिका-३ बोझनीमा एमसिसिले विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीय वासिन्दाले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् । गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।