मिटर ब्याजी पिडित किसानहरुको आन्दोलन नयाँ चरणमा प्रबेश ।

Jan Tue 2023 02:05:18

मिटर ब्याजी पिडित किसानहरुको आन्दोलन नयाँ चरणमा प्रबेश ।

लामो समय देखि आन्दोलीत मिटर ब्याजी साहु बाट प्रताडित किसान तथा गरिव जनताहरु न्यायको निम्ति आफ्नो घर देखि शासकहरु बस्ने सहरको माइतिघर चोक सम्म आवाजहरु उठाउदै आईराखेका छन् । महिनौ दिन सम्मको सडक संघर्ष संघर्षमा आम जनताको सहभागिता र ऐक्यबद्धताले सरकारले केहि थान सम्झौता गरेको थियो तर कार्यन्वयन कहाँ पुग्यो पिडित किसान जनताहरुलाई पत्तो छैन । जनताको देखभाल गर्नु पर्ने सम्बन्धीत सरकार र त्यसका निकायहरुले जनगुनासो र समस्याहरु हल गर्न तिर तदारुक्ता नदिदाँ जनताहरु आफ्नो मुक्तिका लागि बाटो खनन् बाध्य हुन्छन हुनै पर्छ । त्यहि बाटो किसान मजदुर सङ्घर्ष समितीले आज सुरु गरेको आफ्नो फेसबुक पेज बाट निम्न बिषय सार्वजनिक गरेको छ ।

आजदेखि मिटर व्याज तथा ठगी बिरुद्ध किसान मजदुर सङ्घर्ष समिती अर्को चरणको प्रतिरोधी आन्दोलनमा प्रवेश गरेको छ।  पीडित तथा संघर्ष समितिका सदस्य सुरेन्द्र यादवको जग्गा साहु अमित साहले जालसाजीपूर्ण ढङ्गले फर्जि कागज बनाई अदालतमा मुद्धा जाहेर गरी अदालतले लिलामीको फैसला गरेकाले सुरेन्द्र यादव भूमिहीन भएका थिए। आज संघर्ष समितिले गरेको निर्णय अनुसार उनको जग्गामा समितिको झण्डा फहराएर उक्त जमिन पीडितले भोगचलन गर्ने गरी पीडितको स्वामित्वमा समितिले आफ्नो नियन्त्रणमा लिएको छ। साथै आजैदेखि समितिले सुद्खोर विरुद्ध प्रतिरोधात्मक आन्दोलन सुरु भएको घोषणा गरेको छ।  राज्यको कानुनि अदालतले न्यायको खरीद बिक्री गरी किसानलाई भूमिहीन बनाउने जस्तो निर्णय कदापी न्याय संगत हुनसक्दैन। किसानका विरुद्ध भएका गैरन्यायिक फैसलाहरुको तत्काल खारेज गर्न संघर्ष समिति सम्बन्धित पक्षलाई चेतावनी दिदैँ पीडित किसानका जमिनको रक्षार्थ जस्तोसुकै निर्मम निर्णयलिन समेत बाध्य हुने घोषणा गर्दछ। "संसारभरका किसान-मजदुर एक होऔँ !" Description: ✊

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?