प्रचण्डको नयाँ रुप ।

Dec Mon 2022 03:28:40

प्रचण्डको नयाँ रुप ।

काठमाडौंशान्ति प्रक्रियामा आएपछि २ असार २०६३ मा पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा पुष्पकमल दाहाल ‌प्रचण्ड खरानी रंगको सर्ट र पाइन्ट लगाएर सार्बजनिक भएका थिए। २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले टाइसुट र भादगाउँले टोपी लगाएर सफत लगेका थिए । औपचारिक कार्यक्रमहरूमा समेत उनले उक्त पोशाकलाई निरन्तरता दिँदै आएका थिए। उनले प्रयोग गर्ने कपडाको बारे पत्रकारहरुले राख्ने जिज्ञासामा राष्ट्रवाद र अन्तर्राष्ट्रियतावादको जोडकोण मिलाउन आफूले प्रायः टाइसुट र भादगाउँले टोपी लगाउने गरेको उनको तर्क थियो । सोमबार तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदा भने उनले दौरा सुरुवाल रोजेका छन् । सेतो दौरा सुरुवालमाथि खैरो कोर्ट लगाएर राष्ट्रपति कार्यालय, शीतल निवास पुगेका उनी सपथ ग्रहण समारोहमा बारम्बार दौराको फेरो मिलाइरहेको देखिन्थे । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड संसदमा सिट संख्यामा समेत तेस्रो पार्टीको हैसियतमा छन् । यस्तो बेला कपडा चेञ्ज गरेर उनी र उनको पार्टीको गिर्दो साख कसरी जोगिएला के कुनैपिन ब्यक्ती र संगठनको नयाँ जिबन यस्ता बिषयले प्रदान गर्छ र गर्न सक्ला एक बहसको बिषय बनेपनि नबने पनि स्वयम प्रचण्डले यो बिषयमा ब्यवहारत आफु र आफ्नो पार्टीलाइ दिनुनै पर्नेछ । हैन भने गर्दो साखलाइ जोगाउन कठिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?