काभ्रे दुर्घटनाका ८ जनाको शव अस्पतालमै ।

Dec Wed 2022 02:23:07

काभ्रे दुर्घटनाका ८ जनाको शव अस्पतालमै ।

काभ्रे बनेपा नगरपालिका- ११ सल्लेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको शव परिवारले बुझेका छन्। ८ जनाको शव भने अस्पतालमै छन्। आफन्त नभएपछि ८ जनाको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ। ८ जना एकै परिवारका सदस्य हुन्। उनीहरूको शवलाई धुलिखेल असपतालको शव गृहमा राखिएको छ । मृत्यु भएका १७ जनाकै पोष्टमार्टम गरेर ९ जनाको शव परिवारले बुझेर धार्मिक संस्कार अनुसार दाह संस्कार भएको र ८ जनाको शव बुझ्ने आफन्त नहुँदा अस्पतालमै राखिएको छ । दुर्घटनामा २२ जना घाइते भएका थिए। २ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् । अहिले ८ जनाको बनेपास्थित शिरमेमोरियल अस्पतालमा, ९ जनाको धुलिखेल अस्पतालमा र ३ जना काठमाडौंमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?