दार्चुला — महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेको छ । बांगाबगरका स्थानीय बासिन्दाले नेपाल-भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् । आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो । स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल-भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् । महाकाली माथीको भारतको बलमिचाइ लामो समय देखि जारी छ । भारतको यस्तो कार्यको नेपाल सरकार र त्यसका सम्बन्धित निकायले गम्भिरतापुर्वक चासो चिन्ता लगेर समाधानको निम्ति पहल नर्गदा सिमा नजिक्का नेपाली बासिन्दाहरु लामो समय देखि पिडा र सङ्कटमा बाँच्न बाध्य बनेका छन् ।