३ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् । क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गिरफ्तार हुनेमा उक्त पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी पनि हुनुहुन्छ ।
संबिधानत नागरिकहरुले संगठितहुने र सभा जुलुस गर्न पाउने अधिकार भएपनी त्यसको कार्यान्वयन गर्ने सरकार र त्यसका निकायहरुनै संबिधानमा उल्लेखित नागरिक अधिकार बिरुद्ध उभिने गरेकाछन् । संबिधानमा उल्लेखित अधिकार अनुसार नागरिकहरुले आफ्नो मत राख्न पाउनु पर्दछ । आफ्ना बिचार र भावना राखे बाफत कुनैपनि नेपाली नागरिकहरुलाई सरकार र त्यसका निकायहरुले संबिधानमा भएका प्रबधानहरुलाई लत्यायर यसरि गरिफ्तार गर्नु र धरपकट गर्नु गैर संबैधानिक र खेद जनक छ ।