काठमाण्डौमा निर्वाचनविरुद्ध भण्डाफोर कार्यक्रम ।

Nov Mon 2022 01:43:10

काठमाण्डौमा निर्वाचनविरुद्ध भण्डाफोर कार्यक्रम ।

नेत्रविक्रम चन्द विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर कार्यक्रमगरेको छ । काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा उनीहरुले आज दिउँसो विरोध सभा गरेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको प्रदर्शनमा महासचिव ललित विकलगायत झण्डै एक दर्जनको उपस्थिति रहेको बताइन्छ ।प्रदर्शनकारीहरुले मंसिर ४ गते कथित निर्वाचन खारेज गरौं’, ‘अखिल क्रान्तिकारी जिन्दावाद’, ‘युवा विद्यार्थीको  चाहना वैज्ञानिक समाजवाद स्थापनालगायत प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन् । विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीले केही दिनदेखि निर्वाचनविरुद्ध दिनहुँ भण्डाफोर कार्यक्रमको नाममा कोणसभा गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?