चुनावी प्रचारमा जताततै भारतीय नम्वरका गाडी प्रयोग ।

Nov Wed 2022 01:42:18

- निर्वाचन आचारसंहिताअनुसार प्रचारप्रसारका लागि एउटा उम्मेदवारले बढीमा दुईवटा गाडी त्यो पनि नेपाली नम्बरका मात्रै प्रयोग गर्न पाउँछ तर, सीमा जोडिएका तराईका जिल्लामा दल र उम्मेदवारहरूले भारतीय गाडीहरूको लावालस्करसहित प्रचारप्रसार गरिरहेका छन्

- प्रचारप्रसारमा प्रयोग भइरहेका २८ भारतीय गाडी मधेस प्रहरीको नियन्त्रणमा, धनुषामा भने २६ गाडी नियन्त्रणमा लिएर छाडियो

- मंगलबार मात्रै सप्तरीमा १४९ भारतीय गाडी भित्रिएको प्रहरी तथ्यांक

चुनाव प्रचारमा सवारीसाधन आचारसंहिता के भन्छ ?
आचारसंहिताको बुँदा १४ (क)मा भनिएको छ– ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यन्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ तर, विदेशी नम्बरप्लेटको सवारीसाधनलाई त्यस्तो अनुमति दिइनेछैन

बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषले चुनावी र्‍यालीमा प्रयोग गरेका भारतीय गाडी भारतीय नम्बरप्लेटका यी गाडी बाँके २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका इर्फान शेषको चुनावी र्‍यालीमा ल्याइएका हुन् १८ कात्तिकमा शेषले एक दर्जभन्दा बढी भारतीय गाडी चुनावी र्‍यालीमा प्रयोग गरेका थिए सबै गाडीमा उनले आफ्नो चुनाव चिह्न एक्स्काभेटरअंकित झन्डा फहराएका थिए। शेषले मात्रै होइन, बाँकेमा अन्य दलका तथा स्वतन्त्र उम्मेदवारले पनि भारतीय नम्बरप्लेटका गाडीमा झन्डा राखेर प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् भाडामा लिँदा नेपालीभन्दा भारतीय गाडी सस्तो पर्ने भएकाले पारिबाटै गाडी ल्याएका हुन् कतिपय उम्मेदवारले भने भारतमा भएका आफन्तको गाडी चुनावी प्रचारमा प्रयोग गरेका छन् 

बाँके प्रहरीले पनि चुनावी प्रचारमा भारतीय गाडी प्रयोग भएको पुष्टि गरेको छ तर, हालसम्म कति गाडी प्रयोग भए भन्ने तथ्यांक नरहेको जनाएको छ भारतीय गाडीमा उम्मेदवारको चुनाव चिह्नअंकित झन्डा राखेको पाइए पनि आधिकारिक तथ्यांक छैन,’ बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने, ‘निर्वाचन उल्लंघन भयो भनेर उजुरी नपरेकाले त्यस्ता गाडी कारबाहीमा परेका छैनन्उनका अनुसार भारतीय गाडी प्रयोग भएनभएको अनुगमन गर्न भने जिल्ला प्रहरी कार्यालयले टोली परिचालन गरेको छ प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता, २०७९ ले प्रचारप्रसारमा विदेशी नम्बरप्लेटका गाडी प्रयोगलाई पूर्ण रूपमा निषेध गरेको छ तर, भारतसँग सीमा जोडिएका तराईका जिल्लामा दल र उम्मेदवारले भारतीय नम्बरप्लेटका गाडीको व्यापक प्रयोग गरिरहेका छन् दल र उम्मेदवारले भारतीय नम्बरप्लेटका गाडीमा चुनाव चिह्नसहितको झन्डा लगाएर खुलमखुला दौडाए पनि कारबाही खासै भएको छैन त्यस्ता केही गाडीलाई सोधपुछ गरी सचेत गराएर मात्रै छाडिएको जसकारण सीमा क्षेत्रका िल्लामा चुनावी प्रचारमा विदेशी गाडीको प्रयोग घटेको छैन, बरु बढिरहेको छ 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४, दफा १४ (क) मा स्पष्ट भनिएको छ, ‘निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीन पांग्रे वा यान्त्रिक शक्तिमा चल्ने हलुका सवारी साधन चलाउन पाउने, विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाउनेतर, दल र उम्मेदवारले आचारसंहिताको धज्जी उडाएका छन् विगतका बर्षको चुनावमाजस्तो यसपटक खासै सुरक्षा थ्रेटनभएको गृह मन्त्रालयको सुरक्षा विश्लेषण छ तर, भटाभट भित्रिएका भारतीय नम्वर प्लेटका गाडी यतिबेला प्रहरीका लागि टाउको दुखाईको बिषय बनेको छ  खासगरी सिमानाका जोडिएका क्षेत्रबाट भारतीय नम्वर प्लेटका गाडी उल्लेख्य मात्रामा भित्रिएका छन् उक्त गाडी प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनका उम्मेदवारको चुनावी प्रचारप्रसारमा खुलमखुला प्रयोग भएका छन् यसले निर्वाचन आचारसंहिता मात्रै उल्लंघन गरेको छैन, सुरक्षा थ्रेटपनि निम्त्याएको छ 

प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै यस्ता गाडी मधेश प्रदेशमा प्रवेश गरेका छन् चुनावी प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्बर प्लेटका २८ नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले बताए भारतीय नम्वर प्लेटका गाडी चुनावी प्रचार प्रसारमा प्रयोग हुनु निर्वाचन आचारसंहिता बिपरित हो तर, यस्ता गाडी मधेस प्रदेशमा प्रयोग भएका भेटिए २८ वटा गाडीलाई हामीले नियन्त्रणमै लिएका छौं बाँकीलाई उच्च निगरानीमा राखेका छौं,’ उनले भने सप्तरी प्रहरी प्रवक्ता नरेश सिंहले मंगलबार मात्र १४९ भारतीय गाडी भित्रिएको बताए 

लुम्बिनि प्रदेशमा पनि बिना अनुमति प्रवेश गरेका ८ भन्दा धेरै गाडी प्रहरीले नियन्त्रणमा लिएको छ भारतीय नम्वर प्लेटका उक्त गाडी पनि दलका उम्मेदवारका चुनावी प्रचारपसारमा प्रयोग भएका थिए आचारसंहिताबिपरित भएको पाइएपछि प्रहरीले त्यस्ता गाडी नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवरत्न पौडेलले जानकारी दिए भारतीय नम्वर प्लेटका गाडी उम्मेदवारका चुनावी प्रचारप्रसारमा प्रयोग भएको भेटियो जुन निर्वाचन आचारसंहिताबिपरित हो,’ उनले भने, ‘निगरानी गर्दा आठ गाडीले त्यस्तो गतिविधि गरेको पाइयो सबैलाई नियन्त्रणमा लियौं कारबाहीका लागि सम्वन्धित कार्यालयमा पठाइएको ’ 

प्रदेश १ का झापा, मोरङ, सुनसरीमा पनि भारतीय नम्वर प्लेटका गाडी बिना अनुमति प्रवेश गरेका छन् गाडीमा दलका उम्मेदवारका झन्डा राखिएका छन् भारतीय गाडीमै कार्यकर्ता चढाएर उम्मेदवार लावालस्करसहित मतदाताको घरदैलोमा पुग्ने गरेका छन् तर, प्रहरीले कारबाही गर्न सकेको छैन मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शान्तिराज कोइरालाले चुनावी प्रचारप्रसारमा प्रयोग भएको एउटा भारतीय नम्वर प्लेटको गाडी नियन्त्रणमा लिएको जानकारी दिए उनले भने, ‘भारतीय नम्वर प्लेटका गाडी निश्चित सिमासम्म त आउन पाउँछन् त्यसका लागि अनुमति लिनुपर्छ तर, चुनावमा भने त्यस्ता गाडी प्रयोग गर्न पाइँदैन एउटा गाडीलाई हामीले नियन्त्रणमा लिएका छौं बाँकीको हकमा हाम्रो निगरानी सुदुरपश्चिमका कैलाली र कन्चनपुरमा पनि चुनावी प्रचारमा भारतीय गाडी प्रयोग गरिएका छन् उम्मेदवारको चुनाव चिह्नभएको झन्डा फहराउँदै ती गाडी कार्यकर्ता बोकेर गाउँगाउँ घुम्ने गरेका छन् तर, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी भोलाबहादुर रावल सुदूरपश्चिममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग नभएको दाबी गरे भारतीय नम्वर प्लेटका गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गर्नु निर्वाचन आचार संहिताबिपरित हो,’ उनले भने, ‘तर, हामीकहाँ त्यस्ता गाडी फेला परेका छैनन् उच्च निगरानी भने गरिरहेका छौं’ 

प्रहरीका अनुसार अनुमति लिएका वा नलिइ नेपाल प्रवेश गरेका गाडी प्रयोग गरेर चुनावी प्रचारप्रसार हुँदा असन्तुष्ट पक्षबाट ढुंगामुढादेखि आक्रमणसम्म हुनसक्छ गाडीसँगै हातहतियार मात्र नभई भारतीय नागरिक पनि प्रवेश गर्ने हुँदा उनीहरू गलत ठाउँमा प्रयोग हुन सक्छन् जसले चुनावी बातावरण बिथल्न सक्ने प्रहरीकोे बुझाई छ 

अनुमित लिएर वा बिना अनुमित नेपाल प्रबेश गरी चुनावी प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्वर प्लेटका गाडी चुनावी सुरक्षा थ्रेटको बिषय बन्न सक्ने भएपछि नेपाल प्रहरी प्रधान कार्यालयले तुरुन्तै नियन्त्रणमा लिन मातहतका सबै कार्यालयलाई निर्देशन गरिसकेको छ कार्यालयका केन्द्रीय प्रवक्ता डिआईजी टेकप्रसाद राईले चुनाव प्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्वर प्लेटका सबै गाडी नियन्त्रण गर्न निर्देशन जारी गरिएको बताए अनुमति लिएर भारतीय नम्वर प्लेटका गाडी निश्चित क्षेत्रसम्म भित्र्याउन मिल्छ तर, चुनावी प्रचारप्रसारमा प्रयोग गर्न पाइँदैन किनकी त्यो आचारसंहिता बिपरितको काम हो तर, बिना अनुमति प्रवेश गरेका गाडी पनि चुनावी प्रचारप्रसारमा प्रयोग भएको सुचना आएको छ त्यस्ता गाडीलाई तुरुन्तै नियन्त्रण गरी आवश्यक कारबाही गर्न हामीले मातहतका सबै निकायलाई निर्देशन दिइसकेका छौं,’ उनले भने

एमालेजसपा गठबन्धनबाट सिराहा ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका लीलानाथ श्रेष्ठ र प्रदेश सभा ३ (ख) का उम्मेदवार जसपाकी रेनु यादवले प्रचारप्रसारका लागि भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरिरहेका छन् श्रेष्ठ यादवले बिआर ०१ पिके ३५९१ नम्बरको भारतीय स्कारपियो प्रयोग गरिरहेका छन्

सिराहा ३ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जनमत पार्टीका दिनेश यादव र प्रदेश सभा ३ (ख) का उम्मेदवार ज्ञानु यादवले बिआर ०७ पिबी ८६२६ नम्बरको स्कारपियो चुनाव प्रचारमा प्रयोग गर्दै आएका छन् त्यस्तै, सिराहा २ र ३ मा चुनावी सभालाई सम्बोधन गर्न आएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको पछुवा गाडी भारतीय नम्बरप्लेटको छ जनमत पार्टीको झन्डा फहराइएको बिआर ०६ पिसी १६४४ नम्बरको सो गाडीमा पार्टीका कार्यकर्ता चढ्छन् 

सिराहाका चारै निर्वाचन क्षेत्रमा दल र उम्मेदवारले आफू र कार्यकर्तालाई चुनावी सभा, सम्मेलन र घरदैलोमा पुग्न भारतीय नम्बरप्लेटकै गाडी प्रयोग गर्दै आइरहेका छन् माओवादी कार्यकर्ता अरविन्द यादव नेपालमा भाडाको गाडी अभाव भारतमा सस्तोमा सजिलै पाइने भएकाले पारिबाटै ल्याइएको बताउँछन् 
जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकले नियमअनुसारबाहेक भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्न नमिल्ने निर्णय गरेको थियो निर्वाचन कानुनको पालना सबैले गर्नुपर्छ,’ स्थानीय युवा चन्द्रकिशोर यादवले भने, ‘भारतीय गाडी सस्तोमा भाडामा पाइने भएकाले चुनावमा दुरुपयोग भएको छ सम्बन्धित िकाय देखेर पनि नदेखेझैंँ गरिरहेको छ जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकी भने १७ कात्तिकयता निर्वाचन प्रचारमा प्रयोग भएका १५ भारतीय गाडीमा उम्मेदवारले राखेको झण्डा हटाएर सचेतसमेत गराइएको बताउँछन् 

जिल्लाका लहान, गोलबजार, मिर्चैया, सिरहा र माडर क्षेत्रमा चुनावी प्रचारमा प्रयोग गरिएका भारतीय नम्बरप्लेटका १५ गाडीसहित ब्लुबुक, सवारी चालक अनुमतिपत्रसमेत नियन्त्रणमा लिएर झण्डा हटाएर सम्झाइबुझाई छाडिएको छ,’ उनले भने, ‘भन्सार तिरेकोलगायत कागजपत्र दुरुस्त भएपछि छाडिएको होतर, विगतका निर्वाचनमाभन्दा भारतीय नम्बरप्लेटका गाडीको प्रयोग भने घटेको उनको दाबी छ निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ध्यानबहादुर राई भने आफू एक्लै भएकाले आचारसंहिता कार्यान्वयन गराउन अप्ठ्यारो भएको बताउँछन् जिल्लाभर अनुगमन गर्न अप्ठ्यारो भएकाले लिखित उजुरी आए कारबाही हुने उनको दाबी  

धनुषामा पनि दल तथा उम्मेदवारले चुनावी प्रचारमा भारतीय नम्बरप्लेटका गाडी प्रयोग गर्दै आएका छन् हालसम्म प्रहरीले भारतीय नम्बरप्लेटका २६ गाडी नियन्त्रणमा लिएर सचेत गराई छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक क्षेत्रीले चुनाव ्रचारप्रसारमा प्रयोग भएका भारतीय नम्बर प्लेटका २६ गाडी नियन्त्रणमा लिएर छाडेको बताए स्वतन्त्रदेखि ठूला पार्टीका उम्मेदवारले प्रचारप्रसारमा भारतीय नम्बरप्लेटको गाडी प्रयोग गरेका छन् हामीले त्यस्ता २६ गाडी नियन्त्रणमा लिएर आइन्दा आचारसंहिता उल्लंघन नगर्ने सर्तमा छाडिदिएका छौँ,’ उनले भने 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?