संसदीय ब्यवस्था मान्ने दलहरुलाई चुनावि माहोल यतिवेला प्रदेश र संघियतहको चुनाव जोडतोडले लागेको छ । ५ बर्षको एकपटक गरिने चुनावमा सहभागि हुने दल (पार्टी) हरुले जनताबाट मत प्राप्त गर्न बिभिन्न चुनावि योजनाहरु प्रस्तुत गर्ने गर्छन् । दलहरुले चुनावको बेला प्रस्तुत गर्ने योजनाहरुको कार्यन्वयन भए नभएको अनुगमन गर्ने यदि कार्यन्वयन नभएमा सम्वन्धित दललाई अनावश्यक सपना बाँडेकोमा कार्वाहि गर्ने अथवा दण्डित गर्ने नत ति दलहरुमा कुनै निकाय छ नत राज्यसत्तामा छ । चुनावको बेला जनतालाई ढाँटन र जनताको मतद्वारा त्यहि जनतालाई ५ बर्ष राज्य शक्तिको दुरुपयोग गरेर ठग्न सिपालु नेपालका राजनितिक पार्टीहरु कोहि भन्दा कोहि कमछैनन् । एकातिर देश र जनताका बिभिन्न समस्याबाट सर्वाधिक संकटमा परेकाछन् अर्कोतिर मतदाताहरुको प्रति ब्यक्ति भोट किन्ने देखि हावादारी योजना चुनावी घोषणा पत्रमा राखेर जगहसाउने कार्य पनि संगसंगै भई राखेकाछन् । तिनै हावादारी चुनावी योजना समेटिएको घोषणा पत्र नेपाली कांग्रेसले आज भब्य कार्यक्रम गरेर सार्वजनिक गरेको छ । उक्त घोषणा पत्रमा कांग्रेसले भनेको छ बृद्ध भत्ता ६५ बर्षमा दिने । ५० युनिट बिजुल्ली निसुल्क दिने । सरकारी कागजात होम डेलिभरी गर्ने । प्रत्येक स्कुलमा एक दलित शिक्षक नियुक्ति गर्ने । बिपन्नलाई किरीया खर्च १० हजार दिने । सुत्केरी भत्ता ५ हजार पुर्याउने । स्वार्थको द्वन्द्व सम्वन्धि कानुन ल्याउने । आर्थिक बृद्धिदर ७ प्रतिशत पुर्याउने र १२ लाख रोजगारी सृजना गर्ने । ३ बर्ष मुनिका बालबालिका र ७३ बर्ष माथिका नागरिकहरुको उपचार निशुल्क गर्ने । असंबैधानिक रुपमा संसद बिघठन नगर्ने देखि लिएर कोभिड महामारिको मुख्य दोष केपी वलिलाई लगाएर बिट मारेको छ ।