भारतीय गृहमन्त्रीका पिए काँग्रेसका समानुपातिक उम्मेदवार ।

Oct Fri 2022 04:59:50

भारतीय गृहमन्त्रीका पिए काँग्रेसका समानुपातिक उम्मेदवार ।

भारतीय गृहमन्त्री अमित साहका स्वकीय सचिव सन्दीप रानालाई नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ । उनी आदिवासी जनजातिको तेस्रो नम्बरमा परेका छन् । रानाको भारतीय जनता पार्टीका पूर्व अध्यक्ष तथा वर्तमान गृहमन्त्री साहदेखि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ,भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग अति निकटको सम्बन्ध रहेको बताइन्छ । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणानिकट उनी सोझै बूढानीलकण्ठसँग टचमा रहेको काँग्रेस नेताहरू नै बताउँछन् । डा.आरजुलाई भारतीय जनता पार्टीका शीर्ष नेतासम्म राजनीतिक सम्बन्धको निम्ति पुर्याइदिने माध्यम पनि उनै राना भएको काँग्रेसीहरुको भनाइ छ ।

काँग्रेसका कतिपय युवा नेताले रानाको बन्दसूची प्रवेशलाई भारतीय जनता पार्टीको दबाब ठानेका छन् । आरजुभाजपा सम्पर्क सूत्र मानिएका उनी नेपाली काँग्रेसको खास जिम्मेवारीमा देखिएका छैनन् । भारतीय गृहमन्त्रीका पीएलाई समानुपातिक बन्दसूचीमा राख्नु गम्भीर भूल भएको नेपाली काँग्रेस रुपन्देहीका एक नेताले बताए । राना कट्टर हिन्दूवादी संगठन आरएसएसप्रति पूर्ण बफादार रहेको उनीहरूको बुझाइ छ । त्यसैगरी भारतीय शक्तिकेन्द्रको आडमा नेपाली काँग्रेसभित्र सबै नेताहरूसँग प्रभाव र विश्वास जितेका कारण उनलाई बन्दसूचीको उम्मेदवार बनाउनै पर्ने अवस्था आइलागेको बताइन्छ । स्रोत जनआस्था ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?