स्वदेश फर्किए लगतै सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ । प्रहरीले गोपनियता कायम नगरेको उनका वकिलको आरोप ।

Oct Thu 2022 06:40:12

स्वदेश फर्किए लगतै सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाट पक्राउ । प्रहरीले गोपनियता कायम नगरेको उनका वकिलको आरोप ।

बालिका बलात्कारको आरोप लागेका क्रिकेट राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहीबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो ।

गत भदौ २१ गते एक बालिकाले सन्दीपले आफूलाई बलात्कार गरेको प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिवेला सन्दीप  क्यारेबियन लिग खेल्न नेपालबाहिर गएका थिए ।  उनीविरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । लामिछानेले आफू नेपाल फर्किन लागेको कुरा  सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । 

सन्दीपका वकिल भन्छन्- प्रहरीले गोपनीयता कायम गरेन, एकपक्षीय कुरा आयो

२० असोज, काठमाडौं । आफ्नो वकिलको उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको छ । लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको छ । इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएपछि लामिछाने बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका छन् । उनले वकिल सरोजकृष्ण घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए । अधिवक्ता घिमिरे प्रहरी वृत्त, गौशाला पुगेका थिए । तर म नआइपुग्दै प्रहरी विमानस्थलमा पुगिसकेको रहेछ । गौशालामा आएपछि भेटौं भनेर बसें,’ उनले भने, उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् । तर जाहेरी पर्दा  प्रहरीले गोपनीयता कायम नगरेको र सञ्चार माध्यममा एकपक्षीयकुरा आएकाले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेको उनले सुनाए ।  त्यहीकारण उनी मानसिक तनावमा समेत परेको घिमिरेले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?