दाङ दाङसहित पश्चिम नेपालको तराई जिल्लाका थारु समुदायले दशैं अर्थात ‘दश्या’ मनाएका छन् । थारु समुदायको बाहुल्यता रहेको दाङ, बाँके, बार्दिया, कैलाली र कञ्चनपुरमा दशैंको नवौंदिन यो समुदायले हर्षोउल्लासका साथ दशैं मनाएका हुन् । दशमीको दिनमा टीका लगाउने भए पनि थारु समुदायले आफ्नै मौलिक संस्कृति र धार्मिक अनुष्ठा अनुसार नवौं दिनमा सेतो टीका र जमरा लगाएर दशैं मनाउने गर्दछन् । थारु समुदायले आजको दिनलाई आफ्नो पुर्खाको सम्झना र पितृको श्रद्धा गर्ने पर्वका रुपमा मनाउने थारु समुदायका मतवा रामप्रसाद चौधरीले बताए । उनका अनुसार हिन्दूधर्मलाम्बी झै घटस्थापनाको दिनदेखि थारु समुदायमा पनि घर-घरमा मकैको जमरा राखेर दशैं सुरु हुन्छ । मकैको जमरा राखेर थारु समुदायामा दशैं भित्रिन्छ । त्यसपछि ‘दश्या’ शुरु हुन्छ । नवमीको दिन सेतो टीका र जमरा लगाउने प्रचलन छ। नवमीको दिन गाउँलेहरू मतवाको घरमा पुगेर सामूहिक रुपमा टीका र जमरा लगाउने गद्छन् ।मतवाको हातबाट गाउँहरुले दिउँसोदेखि टीका लगाउन शुरु हुन्छ र साझसम्म चल्छ’ उनले भने, ‘गाउँमा सामूहिक रुपमा टीका लगाएर ‘दश्या’ अर्थात दशैं मनाइन्छ । मतवा चौधरीका अनुसार पुरुषहरुले मतवाबाट र महिलाहरुले मतौनी (मतवाकी श्रीमती)को हातबाट टीका लगाउँछन् । थारु समुदायले दशैंमा सखिया नाँच नाच्छन् । दशैंसम्म नाँचिने यो नाँच गाउँको मतहवाको घरमा थारु समुदायका महिलाहरुले उल्लाहासक पूर्वक नाँच्छन् । दशैं सकिएको केहीदिन लगतै सखिया नाँच समापन गरिन्छ। त्यस्तै दशैंमा टीका लगाउँदै बार्की मार गीत गाइन्छ । नवमीको दिन टीका लगाउँदै पूरुषहरुले गाउँने गीत हो यो । थारु भाषा गाइने बार्कीमार गीत हिन्दूग्रन्थ महाभारतमा आधारित छ।