१३ असोज बाजुरामा
मन्दिर प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट भएको छ । त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न
बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि
कुटपिट गरिएको प्रहरीले जनाएको छ ।बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)
सुर्यबहादुर थापाले त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको
निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएका छन् । उनको निवेदनका
आधारमा वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी थापाले जानकारी
दिए । कुटपिटमा संलग्न रहेका सोही ठाउँका रंगप्रसाद उपाध्याय र विनोद ऐडी फरार
रहेकाले उनीहरुको खोजी भइरहेको छ । डीएसपी थापाकाअनुसार पीडित सुनारले उनीहरूले आफूसँग भएको ६० हजार रुपैयाँसमेत
लुटेर लगेको दाबी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।