नेपाल–अमेरिकाले रुसविरुद्ध लड्न हतियार र सैन्य उपकरण सहायता प्याकेज अन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।जारी विज्ञप्तिमा भनिएको छ अमेरिकी सरकार एउटा नयाँ प्याकेजमा हतियार र उपकरणहरूको घोषणा गर्दछ जसमा हवाई रक्षा, तोपखाना, ट्याङ्क र अन्य क्षमताहरू समावेश छन्।अगस्ट १४ मा अमेरिकाले युक्रेनका लागि २० करोड अमेरिकी डलरको सुरक्षा सहयोग घोषणा गरेको थियो।अमेरीका र युरोपियन देशहरुको युक्रेनलाइ प्रदान गरीने सैन्य सहयोगले रुस र युक्रेन बिचको युद्ध अझ लम्विने मात्रै होइन युद्धले पार्ने गम्भिर छेतिपनि बढदै जाने देखिन्छ।