नेपाल–हमास लडाकु समुहले इजरायलमा गरेको हमलामा
९ नेपाली घाइते भएको बताइएको छ। ति मध्ये दुई जना नेपाली दूतावासको सम्पर्कमा आएको
भनिएको छ तर उनीहरूको हालसम्म उद्धार भने हुन सकेको छैन।गैर आवासीय नेपाली सङ्घ
(एनआरएनए) इजरायलका अधिकारीहरुका अनुसार दाङका हिमाञ्चल कट्टेल र अर्का नेपाली
प्रवीन डाँगी आफूहरूको सम्पर्कमा आएको बताए छन्। उनीहरू बोल्न सक्ने अवस्थामा रहे पनि अन्य ७ जना भने बेहोस
अवस्थामा रहेको बताइएको छ।७ जनालाई बङ्करमा छिर्नुअघि नै गोली लागेको जानकारी पाएको
बताएका हुन।अहिले पनि घटना भएको हमलाकारीहरुकै नियन्त्रणमा रहेको बताइएको छ।