नेपाल–शनिवार बिहानै हमासले इजरेलमा आक्रमण
गरेको बताइएको छ।इजरेलतर्फ दर्जनौँ रकेटहरू प्रहार गरिएको छ।देशभरि हवाई आक्रमणको
पूर्वसूचना दिने साइरनहरू बजेका थिए।तेल अभिभ र गाजा वरपरका क्षेत्रमा विस्फोटन
भएका विवरण आएका छन्।प्यालेस्टिनी लडाकु समूह हमासले आक्रमणको जिम्मा लिएको छ।उसको
सशस्त्र बलले शनिवार २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ।इजरेली
रक्षा बल (आईडीएफ)ले हमासले "गाजा स्ट्रिपबाट इजरेली क्षेत्रमा ठूलो मात्रामा
रकेट प्रहार गर्न थालेको" र सशस्त्र लडाकुहरू "विभिन्न स्थानबाट"
इजरेली क्षेत्रमा प्रवेश गरेको बताएको छ।एउटा वक्तव्यमा इजरेली सेना प्रमुखले
"परिस्थितिगत मूल्याङ्कन" गरिरहेको र हमासले "ती घटनाहरूको परिणाम
भोग्नुपर्ने" बताएको उल्लेख गरिएको छ।रकेट
प्रहारका क्रममा इजरेलमा कम्तीमा २२ जनाको ज्यान गएको बताइएको छ। त्यस्तै ५४५ जना
इजरेलीहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।हमासको रकेट आक्रमणमा
७ जना नेपाली कृषि विद्यार्थी घाइते भएको बताइएको छ। दक्षिणी इजरायलको अलुमिन
किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत
कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । सोही कृषि फार्मको
आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइन्छ।घाइते
नेपाली विद्यार्थिले आक्रमणमा परी घाइते भएको र उपचारको पर्खाइमा रहेको बताएका छन् ।