नेपाल–चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष
क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ।कुशल
मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह
ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले कीर्तिमानी स्कोर बनाएको हो ।हान्झाउस्थित
जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिनफेङ क्रिकेट फिल्डमा टस हारेर पहिले ब्याटिङ
गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।नेपालका लागि
कुशलले अविजित रहँदै सर्वाधिक १३७ रन बनाए थिए।यस्तै रोहितले २७ बल खेल्दै २ चौका
र ६ छक्का मद्दतमा ६१ रन बनाए । कुशल र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि
१९३ रनको साझेदारी गरे ।त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले १० बल मात्र खेल्दै ८
छक्का मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले ९ बल खेल्दा ८ छक्का र एक बलमा २
रन लिँदै ९ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए।