नेपाल–महिला टी–२० सिरिजको फाइनल खेलमा नेपालले
हङकङलाई १३ रनले पराजित गरेको छ। नेपाल र हङकङबीचको खेललाई वर्षा बाधक भएपछि खेलको
डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको थियो।टस हारेर ब्याटिङ गरेको हङकङले
नेपाललाई १ सय २ रनको लक्ष्य दिएको थियो।निर्धारित २० ओभरमा ६ विकेट गुमाएर हङकङले
१०१ रन बनाउन सफल भयको थियो। जवाफी ब्याटिङमा आएको नेपालले ५.३ ओभरमात्रै खेल्न
पायो।पानीले खेल स्थगित भएको थियो। नेपालले परिमार्जित २५ रनको लक्ष्य पाएको थियो । जसमा ५.३ ओभरमा १ विकेटसहित ३७
रन बनाएपछि नेपालले १३ रनको विजय हासिल गर्न सफल भएको थियो।यो जित नै नेपाली
राष्ट्रिय महिला टोलीले पहिलो उपाधि पाएको छ।नेपालले समूह चरणको पहिलो खेलमा
हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने
अन्तिम खेलमा मलेसिायासित ६ विकेटले पराजित भएको थियो।हङकङ पहिलो खेलमा नेपालसित ६
विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो
खेलमा कुवेतलाई १६ रनले हराएको थियो। नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश
गरेका हुन् ।आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि
मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप
एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको थियो।