नेपाल–बजारमा तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् ।साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका हुन् । यस्तै ओपेक प्लस देशहरुले सन् २०२४ मा दैनिक थप १४ लाख ब्यारेल कटौती गर्ने छन् । तेल उत्पादक र उसका सहयोगी देशहरुको समूह ओपेक प्लसले मात्र विश्व बजारलाई आवश्यक मध्ये ४० प्रतिशत तेल उत्पादन गर्दै आएका छन् । तेल उत्पादक देशहरुले उत्पादन कटौती गर्ने घोषणा गरेलगत्तै सोमबार एसियाली बजारमा कच्चा तेलको दाम २.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलर पुगेको छ ।