नेपाल–भारत र चीनबीच तनाव गहिरिँदै जाँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएका विवरणहरु सार्वजनिक भएका छन्। उक्त घट्ना बारे अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा यसै साता प्रकाशित विवरण अनुसार हालैका हप्ताहरूमा दुवै देशका सरकारले एकअर्काको मुलुकका पत्रकारको पहुँच पूर्ण रूपमा समाप्त हुने खालका कदम चालेको उल्लेख गरिको छ।वाल स्ट्रिट जर्नलको समाचार अनुसार यसै महिना भारतले आफ्नो मुलुकमा बाँकी रहेका दुईजना अन्तिम चिनियाँ पत्रकारहरूको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो। त्यसमा चिनियाँ समाचार संस्था सिन्हुआका एक र चाइना सेन्ट्रल टेलिभिजनका अर्का पत्रकार थिए।उक्त विवरणमा दाबी गरिएअनुसार भारत र चीनले एक अर्काको देशका पत्रकारलाई आ-आफ्ना मुलुकभित्रको पहुँच लगभग समाप्त गरिदिएका छन्। उक्त विवरण अनुसार यो वर्षको सुरुवातमा भारतीय सञ्चारमाध्यमहरूका चारजना पत्रकार चीनमा काम गरिरहेका थिए।त्यसमध्ये दुई जनालाई चीनले प्रवेशाज्ञा नदिएको र तेस्रालाई उनले प्राप्त गरेको अनुमतिलाई फिर्ता लिइएको भनिएको थियो। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले यसलाई ‘खतरनाक प्रवृत्ति’ भन्दै त्यसले दुई देशको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारहरूको सङ्ख्या १४ बाट घटेर एकमा आएको भन्दै लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीहरूले विभेदको सामना गर्नुपरेको बताएकी छन्।