नेपाल–चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादन माथि प्रतिबन्ध लगाएको छ । 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने' भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्न निर्देशन दिएको छ । अमेरिका र चीनलगायत अन्य विकसित देशबीच केही समययता बढ्दो प्राविधिक तुसको यो पछिल्लो संकेत हो । अमेरिकाले संसद्बाट कानुन नै पारित गरेर चिनियाँ कम्पनीहरूलाई कस्न सुरू गरेको महिनौंपछि चीनले पहिलोपटक कुनै अमेरिकी कम्पनीलाई चिपको विषय लिएर प्रतिबन्ध लगाएको हो । जी-सेभेन बैठकबाट बाहिरिने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँगको आफ्नो सम्बन्धलाई जोखिम न्यूनीकरण र विविधता बढाउनेतिर लग्ने भन्दै आपूर्ति संयन्त्रको दायरा बढाउने छलफल भएको प्रतिक्रिया दिएका थिए ।विश्वका प्रभावशाली देशहरूको संगठन जी-सेभेनको हालै सम्पन्न बैठकले 'सेमिकन्डक्टर चिपको उत्पादन र विकासमा सहकार्य गर्ने र चीनप्रतिको निर्भरता कम गर्दै लाने' लगायत विषयमा छलफल गरेको थियो । त्यसको प्रतिक्रियास्वरूप चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । चीनको साइबर एडमिनिस्ट्रेसन अर्थात क्याकले आइतबार 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउनसक्ने' भन्दै चीनका महत्त्वपूर्ण सूचना तथा अन्य प्रविधिका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्नु भन्ने व्यहोराको निर्देशनात्मक विज्ञप्ति जारी गरेको हो ।