चीनले रक्षा बजेट बढायो ।

Mar Mon 2023 03:13:00

चीनले रक्षा बजेट बढायो ।

काठमाडौँ चीनले सन् २०२३ को रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गर्दैछ । आइतबार राष्ट्रिय जनकंग्रेस (एनपीसी) को वार्षिक सत्रको उद्घाटनमा पेस गरिएको बजेटको मस्यौदामा देशको वार्षिक रक्षा बजेट करिब २ खर्ब २५ अर्ब डलर हुने उल्लेख गरिएको छ  बाह्य खतरा र अस्थिरताको सामना गरिरहेको राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र विकास हितको रक्षा गर्न तथा आफ्नो राष्ट्रिय रक्षालाई आधुनिकीकरण गर्ने प्रयासका लागि रक्षा बजेट बढाइएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको छ  सन् २०१६ यता चीनले लगातार आठौँ वर्ष रक्षा बजेटमा भइरहेको बढोत्तरीलाई कायम नै राखेको हो । कोभिड महामारीको समयमा पनि चीनले रक्षा बजेट वृद्धिलाई कायम नै राखेको थियो । २०२० मा रक्षा बजेटमा ६.६ प्रतिशतको वृद्धि, २०२१ मा ६.८ प्रतिशत तथा २०२२ मा ७.१ प्रतिशतले वृद्धि गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष रक्षा बजेट केवल ०.१ प्रतिशतले बढाइएको हो । ग्लोबल टाइम्सका अनुसार चीनले सन् २०२७ सम्ममा चिनियाँ सेनाको शताब्दी लक्ष्य हासिल गर्ने, सन् २०३५ सम्ममा राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरण गर्ने र २१औँ शताब्दीको मध्यसम्ममा सशस्त्र सेनालाई पूर्णरूपमा विश्वस्तरको सेना बनाउने लक्ष्य राखेको छ। गत शनिबारबाट सुरु भएको एनपीसी बैठकले राष्ट्रपतिमा सी चिनफिङको पुन: निर्वाचित गर्नुका साथै चिनियाँ सेनाको प्रमुख पनि चयन गर्ने छ । साथै यसै बैठकले चीनको नयाँ प्रधानमन्त्री पनि चयन गर्ने छ । गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनले राष्ट्रपति सीलाई तेस्रो पटक पार्टीको नेतृत्वकर्ता चयन गरेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?