इन्डोनेसियामा भूकम्प गयो ।

Nov Mon 2022 12:50:57

इन्डोनेसियामा भूकम्प गयो ।

काठमाडौँ इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अरु सयौं घाइते भएको बताइएको छ । भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन्  अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन पनि भूकम्पको क्रममा भत्किएका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका छन्  पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको हो  स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिसहरू पुरिएर थुनिएका छन् । साथै ७ सय मानिस घाइते भएको बताइएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?