फुटबलमा ‘गोल्डेन बुट’ जित्नेहरू ।

Nov Sat 2022 01:54:09

फुटबलमा ‘गोल्डेन बुट’ जित्नेहरू ।

लन्डन — ‘वर्ल्डकप गोल्डेन बुट’ । यो यस्तो व्यक्तिगत अवार्ड हो, जसलाई जित्न प्रत्येक फरवार्डको उद्देश्य रहने गर्छ विश्वकप फुटबलको अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो यो अवार्ड जितेका पुराना खेलाडीको सूची मात्र हेर्ने हो भने यसको महत्त्व थाहा हुन्छ जस्तोइसिबो, गर्ड मुलर र ब्राजिलका रोनाल्डो केही भने यही अवार्ड जितेर महान् खेलाडीको सूचीमा परेका छन् जस्तो कि जस्ट फोन्टेन, साल्भाटोर सिलाची अनि ओलेगा सालेन्को सन् १९३० देखि १९७८ सम्मका विश्वकप संस्करणमा सर्वाधिक गोलकर्ता पाउने कुनै खास अवार्ड नै थिएन सन् १९८२ मा स्पेनमा भएको विश्वकपबाट यसमा परिवर्तन आयो। त्यही बेलादेखि यो अवार्डलाई गोल्डेन बुटभनिएको हो सन् २०१० देखि यसलाई ठूलै महत्त्व दिन थालियो सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपमा सर्वाधिक गोल गरेका अर्जेन्टिनी गुइलेर्मो स्टाबाइलदेखि ४ वर्षअघि रुसमा सम्पन्न विश्वकपमा यस्तै काम गरेका थिए ह्यारी केन

अहिलेसम्म विश्वकपका २१ संस्करणमा २७ खेलाडीले सर्वाधिक गोल गरेको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् तर यसबीच एकै संस्करणको विश्वकपमा फ्रान्सका जस फोन्टेनले जत्तिको गोल कसैले गर्न सकेका छैनन्, न त गर्ने छन् सन् १९५८ को विश्वकप स्विडेनमा भएको थिय त्यतिबेला फोन्टेनले १३ गोल गरे त्यसमा सुरुमै एक ह्याट्रिक थियो त्यो पाराग्वेविरुद्ध प्राप्त ३ जितमा थियो त्यसपछि उनले पश्चिम जर्मनीविरुद्ध ३ को जितमा चार गोल गरेका थिए

तर नरमाइलो के भने उनको यत्तिको प्रदर्शनका बावजुद फ्रान्स फाइनल पुग्न सकेन सबैभन्दा कम चार गोल गरेर पनि गोल्डेन बुट अवार्ड जितेको इतिहास सन् १९६२ मा ६ खेलाडीले त्यस विश्वकपमा समान चार गोल गरे जम्माजम्मी दुई अवसरमा एकभन्दा बढी खेलाडीले यो अवार्ड जितेका छन् त्यसमध्ये पहिलो अवसर त्यही भयो, अर्को सन् १९९४ को अमेरिकामा भएको विश्वकपमा दुई खेलाडीको नाममा यो अवार्ड रह्यो ती थिए रुसका सेलेन्को बुल्गेरियाका ह्रिस्टो स्टोच्कोभ सन् २०१० मा चार खेलाडीले समान गोल गरे उनीहरू थिए जर्मनीका थोमस मुलर, स्पेनका डेविड भिया, नेदरल्यान्ड्सका वेल्सी स्नाइडर र उरुग्वेका डिएगो फोर्लान तर, अवार्ड भने जर्मन फरवार्डले पाए यसका लागि दिइएको कारण थियो, उनले टिमको तीन गोलमा सहयोगी भूमिका पनि निभाएका थिए सन् १९९४ को विश्वकपपछि यस्तो नियम बनेको थियो, त्यसअनुसार समान संख्यामा गोल गर्ने खेलाडी रहे त्यसमा कम पेनाल्टीमा गोल गरेका खेलाडीले अवार्ड पाउने भयो

अर्को तथ्य अरूको गोलमा सहयोगी भूमिका पनि कायम रह्यो अझ ाहिएमा कसले कम मिनेट खेलेको छ, त्यसले यो अवार्ड पाउने भयो यो अवार्ड जित्ने काम सजिलो पनि छैन यसका लागि ठोस कारण छन् अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये एकै खेलाडीमात्र ३० वर्षमाथिका छन् उनी हुन्, क्रोएसियाका डाभोर सुकर सन् १९९८ को विश्वकपमा उनले ६ गोल गरेका थिए त्यो पनि आफ्नो ३० औं जन्मदिनको महिनापछि यो अवार्ड जित्ने सबैभन्दा कान्छा खेलाडी भने हंगेरीका फ्लोरेन अल्बर्ट हुन् उनले सन् १९६२ को चिलीमा भएको विश्वकपमा गोल गरे त्यतिबेला उनी २० वर्ष महिना १५ दिनका मात्र थिए सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा जर्मनीका थोमस मुलरले यो अवार्ड जितेका थिए त्यतिबेला उनी अल्बर्टभन्दा १४ दिनले जेठा थिए उनी कतारमा पनि खेलिरहेका छन् उनीसामु यो अवार्ड दुईपल्ट जित्ने पहिलो खेलाडीको अवसर

गोल्डेन बुट विजेता

१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना) ८ गोल

१९३४ ओल्डरिच नेजेडली (चेकोस्लोभाकिया) ५ गोल

१९३८ लियोनिडास (ब्राजिल) ७ गोल

१९५० एडेमिर (ब्राजिल) ८ गोल

१९५४ सान्डोर कोक्सिस (हंगेरी) ११ गोल

१९५८ जस्ट फोन्टेन (फ्रान्स) १३ गोल

१९६२ संयुक्त ६ खेलाडी (फ्लोरेन्ट अल्बर्टहंगेरी, भ्यालेन्टिन इभानोभसोभियत युनियन, ड्राजन जार्कोभिचयुगोस्लाभिया, लियोनल सान्चेजचिली, भाभाब्राजिल, गारिन्चाब्राजिल) ४ गोल

१९६६ इसेबियो (पोर्चुगल) ९ गोल

१९७० गर्ड मुलर (जर्मनी) १० गोल

१९७४ ग्रजेगोर्ज लाटो (पोल्यान्ड) ७ गोल

१९७८ मारियो केम्पस (अर्जेन्टिना) ६ गोल

१९८२ पाउलो रोसी (इटाली) ६ गोल

१९८६ ग्यारी लिनेकर (इंग्ल्यान्ड) ६ गोल

१९९० साल्भाटोर सिलाची (इटाली) ६ गोल

१९९४ ओलेग सालेन्को (रुस) र ह्रिस्टो स्टोच्कोभ (बुल्गेरिया) ६ गोल संयुक्त

१९९८ डाभोर सुकर (क्रोएसिया) ६ गोल

२००२ रोनाल्डो (ब्राजिल) ८ गोल

२००६ मिरोस्लाभ क्लोज (जर्मनी) ५ गोल

२०१० थोमस मुलर (जर्मनी) ५ गोल

२०१४ हामेस रोड्रिगुएज (कोलम्बिया) ६ गोल

२०१८ ह्यारी केन (इंग्ल्यान्ड) ६ गोल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?