अल्पसंख्यक जातीय समूहको कार्यक्रममा हवाई आक्रमण ।

Oct Tue 2022 04:24:47

अल्पसंख्यक जातीय समूहको कार्यक्रममा हवाई आक्रमण ।

म्यानमारको सैन्य सरकारले गरेको पछिल्लो हवाई आक्रमणमा अल्पसंख्यक जातीय समूहका कम्तीमा ५० जनाको ज्यान गएको छ । उत्तरी क्षेत्रको काचिन राज्यमा गत आइतबार भएको सेनाको हवाई आक्रमणमा स्थानीय, गीतकार तथा सो क्षेत्रमा गठन भएको काचिन स्वतन्त्र आर्मी (केआईए) का अधिकारीहरु मारिएका हुन् । अल्पसंख्यकहरुले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उक्त प्रहार भएको हो । आक्रमणमा तीन वटा हवाई जहाजको प्रयोग गरिएको बताइन्छ । अपुष्ट समाचारअनुसार घटनामा कम्तीमा एक सय जनाको ज्यान गएको अनुमान गरिएको छ । उक्त घटनाको म्यानमारमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय र पश्चिमा राजदूतावसको कडा शब्दमा भत्र्सना गरेका छन् । उनीहरुले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । कुटनीतिक निकायले निहत्था जनतामाथि गरिएको जघण्य आक्रमणको विरोध गरेका हुन् । यसको जिम्मेवारी राज्य र सेनाले लिनुपर्ने र कारवाही हुनुपर्ने आवाज पनि उठाइएको छ ।म्यानमारमा झण्डै दुई वर्षअघि भएको सेनाको कुपछि सरकार र सेनासँग सर्वसाधारणको तिक्तता र द्वन्द्व बढेको छ । यता केआईएका अधिकारीहरुले सैनिक शासनविरुद्ध समथर्न गर्न आह्वान गरेका छन् । उक्त घटनाबारे सरकारी टेलिभिजन र रेडियोमा अहिलेसम्म केही पनि बताइएको छैन । एसियाली मानवअधिकार समूहले म्यान्मारको सत्तारुढ सेनाले युद्धकानूनउल्लंघन गरेको आरोप लगाएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारमा हतियार र हवाई इन्धन प्रतिबन्ध लगाउनसमेत आग्रह गरेका छन् । म्यान्मारमा सन् २०२१ फेब्रअरीमा जुन्ताले जनताको सत्ता कब्जा गरेपछिको यसलाई सबैभन्दा क्रुर हवाई आक्रमण ठानिएको छ । सैन्य विमानले समारोहस्थलमा चारवटा बम खसालेको थियो । कार्यक्रममा तीन सयदेखि पाँच सयसम्म मानिस भेला भएको स्थानीयले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?