अधिकार माग्दै इरानी महिलाहरु सडकमा ।

Sep Mon 2022 07:13:23

अधिकार माग्दै इरानी महिलाहरु सडकमा ।

 इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी एक युवतीको हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन चर्कंदै गएको छ।कुर्दिस्तानस्थित आफ्नो घरबाट राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा गस्तइरसादप्रहरीले गत साता पक्राउ गरेको थियो २२ वर्षीया अमिनीको पक्राउ परेको तीन दिनपछि हिरासतमा मृत्यु भएको हो

इरानी प्रहरीले हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा अकस्मात् हृदयाघात भएर अमिनीको मृत्यु भएको परिवारलाई बताएको थियो तर पक्राउ पर्नुअघि अमिनीमा कुनै पनि स्वास्थ्य समस्या नरहेको उनको परिवारले जनाएको पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमा राखिएको टाउकोलगायतका अंगमा कुटपिट गरिएको प्रत्यक्षदर्शीले देखेका बीबीसीले जनाएको छ

अमिनीका बुबा अमजादले मृत्युपछि आफ्नी छोरीको शरीर हेर्न नदिइएकोबताएका छन् अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको थियो,’ उनले भनेका छन्, ‘उनको खुट्टामा चोटहरू थिएप्रहरीले छोरीको मृत्युबारे आफूलाई ढाँटेको उनको भनाइ छ

अमिनीको मृत्युपछि लामो समयदेखि महिलाले नरुचाएको कानुनको विरोधमा प्रदर्शन चर्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् त्यसका साथै हिजाब कानुन पालना गराउने धार्मिक प्रहरी गस्तइरसादले गरेको अपमान र दण्ड सम्झिएका इरानी महिला आक्रामक रूपमा सडकमा उत्रेका हुन्

बीबीसीका अनुसार पछिल्लो समय ३१ प्रान्तका कम्तीमा ८० सहरमा प्रदर्शनहरू भएका छन् विरोध चर्कंदै गएपछि प्रहरीले व्यापक दमन गरेको जनाइएको जसका कारण ४१ जनाको ज्यान गइसकेको सयभन्दा बढी पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्

गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मालेकीले ६० महिलासहित ७३९ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् उनका अनुसार मृत्यु हुनेमा पाँच जना सुरक्षा अधिकारी छन् , ज्यान गुमाउने प्रदर्शनकारीको संख्या अझै बढिरहेको मानव अधिकारवादी समूहहरूको दाबी छ।ओस्लोस्थित इरान मानवअधिकारले सुरक्षाकर्मीको दमनका कारण कम्तीमा ५० जनाको मृत्यु भएको जनाएको अमिनीको मृत्युबारे समाचार प्रकाशन गर्ने सुधारवादी अखबार सार्गका निलोफर हामेदीसहित ११ जना पत्रकार र केही अधिकारकर्मीलाई सुरक्षा फौजले पक्राउ गरेको द टाइम्स अफ इजरायलले जनाएको छ

महिलाहरूको अगुवाइमा सुरु भएको प्रदर्शनलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन महिलाहरूले सार्वजनिक स्थानमा अनुहार हातबाहेक सबै अंग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् त्यस्तै, महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यको समेत आवाज उठेको छ

विरोधका क्रममा महिलाहरूले सार्वजनिक स्थानमा नै कपाल काटेका र हिजाब जलाएका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् उनीहरूले तानाशाहीलाई फाँसी देभन्दै नाराबाजी गरेका सीएनएनले जनाएको छ राजधानी तेहरानका विभिन्न विश्वविद्यालयमा पनि विद्यार्थीहरूले आन्दोलन चर्काएका जनाइएको

अधिकारको माग गर्दै इरानी महिलाहरूले विरोध प्रदर्शन चर्काएको यो पहिलो पटक भने होइन सन् १९७९ को इस्लामिक विद्रोहयता नै इरानी महिलाले हिजाब कानुनलाई चुनौती दिँदै आएका छन् सन् २०१७ मा एक महिलाले इरानी राजधानी तेहरानको मध्यभागमा हिजाब निकालेर लाठीमा राखेर हल्लाएपछि यसले अभियानकै रूप लिएको हो

पछिल्लो विरोध प्रदर्शन सन् २०१९ यताकै ठूलो भएको बताइएको छ लामो समयदेखि अमेरिकालगायतका पश्चिमा देशले लगाएका विभिन्न प्रतिबन्धका कारण इरानी अर्थतन्त्र निकै प्रभावित भएको जसका कारण इरानी जनताको जनजीवन कष्टकर बन्दै गएको

पछिल्ला प्रदर्शनहरू देशको शासन प्रणालीको केन्द्रमा रहेका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीप्रति लक्षित छन् खामेनीको उत्तराधिकारीका रूपमा हेरिएका मोज्ताबाविरुद्ध पनि चर्का नाराबाजीहरू गरिएको

कतिपय सहरमा प्रदर्शनकारीले प्रहरी कार्यालय र सरकारी भवनमा आगो लगाइदिएका छन् सिया बाहुल्य मसहद सहरबाट सार्वजनिक भिडियोमा एक महिलाले प्रहरीको गाडीमा उभिएर इस्लामिक गणराज्य हामीलाई चाहिँदैनभन्दै आक्रोश व्यक्त गरेकी छन्। त्यस्तै, गिलान प्रान्तमा एक बूढी महिलाले आफ्नो हिजाब निकाल्दै खामेनीलाई मृत्युदण्ड देऊभन्दै नारा लगाएकी बीबीसीले जनाएको छ

अमिनीको घर रहेको क्षेत्र कुर्दिस्तानमा निकै भयानक प्रदर्शन र झडपहरू भएका छन् कुर्दिस्तानमा मात्रै कम्तीमा १५ प्रदर्शनकारी मारिएका जनाइएको छ कुर्दिस मानवअधिकार समूह हेंगले बुधबार एकै दिन सरकारी फौजबाट जना मारिएका जनाएको

विगतका वर्षमा फाट्टफुट्ट विरोध प्रदर्शनहरू हुने गरेका भए पनि यस पटक आर्थिक संकटले प्रदर्शनकारी थप रुष्ट बनेका देखिएको छ परमाणु कार्यक्रमको प्रतिक्रियामा अमेरिकाले कठोर प्रतिबन्ध लगाएपछि इरानले अर्थतन्त्रको मुख्य स्रोत तेल बिक्री गर्न पाएको छैन त्यसमाथि भ्रष्टाचार आर्थिक दुरवस्थाका कारण लामो समयदेखि इरानीहरूले महँगी, बेरोजगारी र खाद्यान्न अभावको समस्या झेल्न बाध्य छन्

केहि दिनयताका प्रदर्शनमा पुरुषहरूको पनि सहभागिता बढेसँगै देशको आर्थिक अवस्था र भ्रष्टाचारविरुद्ध पनि आवाज उठ्न थालेको छ यसले इरानी नेतृत्वमाथि नै गम्भीर असर पुग्ने देखिएको छ,’ स्थानीय पत्रकार राना रहिमपुरले भनिन्

तर सरकार भने प्रदर्शनकारीका माग सुन्ने भन्दा पनि दमन गर्ने बाटोमा देखिएको छ धेरै स्थानमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र लाठी प्रहार गरेका देखिएको छ सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा ठूलो संख्यामा तैनाथ दंगा प्रहरी तथा सादा पोसाकमा खटिएका बसिल अर्धसैनिकहरूले प्रदर्शनकारीलाई बन्दुक पानीको फोहोरा प्रयोग गरिरहेको देखिन्छ

मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ त्यस्तै, इरानी रिभोलुसनरी गार्ड्सले देशमा भइरहेको प्रदर्शनलाई देशद्रोही कार्यको संज्ञा दिँदै मानिसलाई पाठ सिकाउन प्रदर्शन दबाउनुको विकल्प नभएको बताएको छ

प्रदर्शन अनियन्त्रित बन्दै गएपछि इरानी राष्ट्रपति इब्राहिम राइसीले देशको शान्ति सुरक्षामा खलल पुर्‍याउनेहरूसँग निर्णायक रूपमा व्यवहार गर्नआह्वान गरेका अल जजिराले जनाएको छ विरोध र सार्वजनिक सुरक्षामा खललबीच भिन्नता देखिनुपर्ने बताउँदै उनले पछिल्लो कार्य दंगा र दुष्टताभएको दाबी गरेका छन्

इरानमा पछिल्लो समय चर्किएको प्रदर्शन तीन वर्षयताकै ठूलो हो इन्धनको मूल्य वृद्धिको विरोधमा सन् २०१९ को नोभेम्बरमा सुरु भएको आन्दोलनलाई सरकारले दमन गर्ने क्रममा हजार सय जना मारिएका समाचार संस्था रोयटर्सले जनाएको उक्त आन्दोलनलाई इरानको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण बताइएको

मुस्लिम महिलाहरूले परम्परागत रूपमा टाउको ढाक्न प्रयोग गर्ने वस्त्र होहिजाब यो लगाउँदा मानिसको टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोपिन्छ तर अनुहार भने खुला रहन्छ अरबी शब्द हिजाबको अर्थ अवरोध हो इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो त्यसयता इरानी महिलाहरू घरबाहिर निस्कँदा अनिवार्य रूपमा हिजाब लगाउँदै आएका छन् इरान घुम्न जाने अन्य देशका नागरिकले पनि त्यहाँका महिलाले जसरी हिजाब लगाउनुपर्ने नियम

इस्लामिक कानुनअनुसार महिलाले घरबाहिर निस्कँदा आफ्नो अनुहार र हात (नाडीसम्म) बाहेक सम्पूर्ण अंग छोप्नुपर्छ तर यथार्थमा भने यो नियम पूर्ण रूपमा कार्यान्वयनमा भने आएको देखिँदैन यद्यपि, केही महिलाले भने यो कानुनको पालना गर्ने गरेका छन् इरानमा यो कानुन लागू गरिएसँगै महिलाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए त्यसयता उनीहरूले पटकपटक उक्त कानुनको सार्वजनिक रूपमा विरोधसमेत गर्दै आएका छन्

बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी गस्तइरसादले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भए/नभएको हेर्ने, महिलाले आफ्नो केश तथा शरीर ढाके/नढाकेको हेर्ने र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्छ हिजाबको प्रयोग सही तरिकाले नभएको खण्डमा चेतावनी दिने, जरिवाना लिने र पक्राउसमेत गर्नका लागि गस्तइरसादलाई गठन गरिएको थियो तर हालै गरिएको सुधारअन्तर्गत केही समयपछि उक्त फौजले ती ाम गर्न नपाउने बताइएको छ त्यसको साटो हजार सादा पोसाकका धार्मिक प्रहरीले हिजाबसम्बन्धी नियम उल्लंघन गर्ने महिलाका विषयमा प्रहरीलाई जानकारी दिने जनाइएको

पछिल्लो समय खासगरी सहरी धनी वर्गका महिलाले हिजाबसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको पाइन्छ ्यस्ता महिलाले उक्त नियमलाई आंशिक रूपमा उल्लंघन गर्ने गरेका छन् उनीहरूले सम्भव भएसम्म टाउकोको पछाडिपट्टि मात्र हिजाब लगाउने तथा गर्मीयाममा खुला राख्ने गर्छन् इरानमा जस्तै, साउदी अरब, मलेसिया, सुडानलगायतका देशमा पनि धार्मिक प्रहरीको व्यवस्था छ।स्रोत कान्तीपुर न्युज ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?