जिल्ला समिति दाङले पत्रकार सम्मेलन गर्दै
नेपाल-राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविका सम्वन्धि निरन्तर संघर्ष गर्दै आएको ग्रेटर नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पत्रकार सम्मेलनको आयोजना गरेको छ । चुनाव पछी वनेको सरकारले विद्यार्थि र मजदुर संगठन खारेज महंगी नियन्त्रण गर्न नसकेको । मिडिया माथिको आर्थिक नाकावन्दी लगाएको । भुमिहिन, सुकुम्वासी, अव्यवस्थित, गुठीपिडित माथि व्यवस्थापन विना विस्थापित गरेको । सहकारी, लघुवित्त, मिटरव्याजी, वैङ पिडितको न्यायका लागि ग्रेटर नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङको २०८३ साल ०१ महिना १९ गते लमहिमा वसेको प्रथम वैठकको निर्णय र संघर्षका कार्यक्रम सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । पत्रकार सम्मेलन यही महिनाको २२ गते दिउसो पत्रकार महासंघको हल घोराहीमा दिउसो १ वजे सुरु हुनेछ पार्टीले वताएको छ ।