janayatra

जेन जी जनविद्रोह, चुनाव र निकास

Author जनयात्रा बुधबार, २० फागुन २०८२

views
जेन जी जनविद्रोह, चुनाव र निकास

गएको भाद्र २३ गते नेपालमा जेन जी जनविद्रोह भयो । हामिले किन जेनजी जनविद्रोह भन्नु पर्छ वा मान्नु पर्छ ? यो विद्रोह थियो की क्रान्ति थियो ? यो स्वस्फुर्त थियो की कसैले प्रयोग गरेको थियो ?  संघर्ष पछी यसको उपलव्धि के भयो ? भन्ने वारे लेख तयार गरिएको छ ।

सवै भन्दा पहिला जेनजी भनेको के हो ? यो सव्दको प्रयोग कसले कहिले वाट गर्यो भन्ने वारे हामिले वुझ्नु पर्दछ । सन् १९०० देखि मानव समुदायलाई विभिन्न उमेर समुहमा वर्गिकरण गर्न सुरु गरिएको देखिन्छ । सन् १९०१ देखि १९२७ मा जन्मिएको पुस्तालाई द ग्रेटेस्ट जेनेरेसन । सन् १९२८ देखि १९४५ विचमा जन्मिनेलाई साइलेन्ट जेनेरेसन । सन् १९४६ देखि १९६४ मा जन्मे हुर्केको पुस्तालाई बेबी वुमर्स । सन्  १९६५ देखी १९८० को विचमा जन्मिएको पुस्ता जेन एक्स । सन् १९८१ देखी १९९६ मा जन्मिएको पुस्तालाई जेन वाई । सन् १९९७ देखि सन् २०१२ मा जन्मेर हुर्केको पुस्तालाई जेन जी भन्ने गरिएको छ । सन् २०१२ देखि २०२५ मा जन्मिएकाहरुलाई जेन अल्फा र सन् २०२६ पछि जन्मिएका मान्छेलाई जेन बीटा भनिएको छ । अमेरीकी र्‍यापर गाएक एमसी लार्सले सन् २००५ एउटा गीतको शीर्षकमा पहिलो पटक आइजेनेरेसन शब्द प्रयोग गरेका थिए । मनोविज्ञानकी प्राध्यापक तथा लेखिका जिन टोयन्जले सन् २००६ मा लेखेको एक पुस्तकको शीर्षक आइजेनेरेसन शब्द प्रयोग गरेकी थिइन् तर प्रकाशकको दबाबमा नाम परिवर्तन गरेर जेनेरेसन मी राखिएको थियो । लेखक निल होवेले सन् २०१४ मा होमल्यान्ड जेनेरेसन शब्दको सिर्जना गरेका थिए । होमल्यान्ड शब्दले ११ सेप्टेम्बर २००१ को हमलापछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयले सुरक्षित निगरानी गर्ने पहिलो पुस्तालाई सङ्केत गर्दछ । म्यारियम-वेबस्टर र अक्सफोर्ड शब्दकोशमा जेनेरेसन जीलाई आधिकारिक रूपमा समावेश गरिएको छ । जेनेरेसन जी लाई छोटकरीमा जेन जी भनिन्छ । अहिलेसम्म ८ वटा पुस्तामा मानव समुदायलाई वर्गिकरण गरिएको छ । जेन जी पुस्ता मानव समुदाय भित्रको शारिरिक र मानसिक रुपमा अत्यन्तै महत्वपुर्ण छ । मानव समुदायलाई विभिन्न उमेर समुहमा किन वर्गिकरण गरियो । यसको अर्थ राजनीतिक कारण के हुन सक्छ भन्ने वारे हामी अर्को लेखमा उजागर गर्नेछौं । 

 

केही व्यक्ति र संगठन यसलाई जेनजी जनविद्रोह भन्न र मान्न तयार छैनन् । यो वुझाई राख्नेहरु विद्रोहलाई सडयन्त्रको दृष्टिकोण वाट मात्रै हेर्छन । तर समग्रमा भन्दा यो जेनजी जनविद्रोह नै थियो । किनकी विद्रोहको उद्घोष नवयुवा पुस्ताले गरेता पनि आम जनता त्यसमा सहभागि भएका थिए । मौजुदा राज्यव्यवस्था र त्यसका शासक प्रशासकहरुको कुशासनका विरुद्ध आम जनतामा असन्तुष्टि र आक्रोस थियो । जसले गर्दा नवयुवा पुस्ताले आयोजना गरेको विद्रोहमा स्वस्फुर्त रुपमा जनता सहभागि भए र जेनजी जनविद्रोहको आकार ग्रहण गर्यो ।  

 

यो एक विद्रोह थियो । यसलाई क्रान्ति भन्न मिल्दैन । विद्रोह र क्रान्ति फरक विषय हुन तर क्रान्तिका लागि थुप्रै विद्रोह जरुरी हुन्छ । विद्रोहले सुधारवादी मुद्दा वोकेको हुन्छ । पुरानो व्यवस्था भित्र केही विषयमा सुधार गर्न कहिले काहीँ विद्रोह हुने गर्छ । भाद्र २३ गते सुरु भएको जेनजी जनविद्रोहले सामाजिक सञ्जाल माथिको प्रतिवन्द खुल्ला, जनताको मत द्वारा निर्वाचित राष्ट्रप्रमुख र शुसासन सम्वन्धि मुद्दा उठाएको थियो । व्यवस्था परिवर्तन गर्ने माग बोकेको थिएन । पुरानै व्यवस्था भित्र केही सुधारको अपेक्षा राखेको थियो । विद्रोह निश्चित मागमा हुने भएकाले प्रायजसो असफल हुने गर्छन् । दमन गरेर पराजित गर्न सकिन्छ । विदेशी र स्वदेशी शक्तिहरुले सजिलै अपहरण गरी आफ्नो हितमा प्रयोग गर्न सक्छन् । केही पात्र र संगठनले यसलाई सफल भएको भने पनि मुलत असफल भएको छ । किनकी जेनजी जनविद्रोहले उठाएका कुनैपनि माग विद्रोह पछि वनेको सरकारले सुनुवाई गर्न पहल र इच्छा शक्ति देखाएन । सत्तामा अमुक व्यक्ति विशेषको फेरवदल वाहेक केही गर्न सकेन । तरपनि यो जनताले गरेको विद्रोह भएकाले यसलाई हामिले अपमान गर्न हुदैन । क्रान्तिले पुरानो व्यवस्था भित्र सुधार हैन नयाँ राज्यव्यवस्थाको वकालत गर्छ । पुरानो व्यवस्थाको विघठन र नयाँ राज्यव्यवस्था गठनको मुद्दा मुख्य वनाउछ । थुप्रै असफलता वाट शिक्षा लिएर विजयी वन्ने सपना वोकेको हुन्छ । प्रष्ट विचार, नीति, कार्यक्रम, संगठन र संघर्षको योजना अनुसार क्रान्ति सञ्चालन गरिन्छ ।  विद्रोह र क्रान्ति विचको फरक हामिले यसरी छुट्याउन सक्छौं ।

 

हरेक विद्रोह र क्रान्तिमा विभिन्न शक्तिहरुले आफु अनुकुल वनाउन कोसिस गर्छन् । त्यसको नेतृत्वले थुप्रै सडयन्त्र र घेरावन्दि चिरेर मुख्य गन्तव्यमा पुर्याउनु पर्छ । भाद्र २३ र २४ गते भएको विद्रोहमा प्रष्ट विचार र परिपव्क नेतृत्व नहुदा पर्दा पछाडिका देशी विदेशी शक्तिहरुले आफु अनुकुल वनाउन सफल भए । २३ र २४ गतेलाई हामिले फरक रुपमा हेर्नुपर्छ । २३ गतेको आन्दोलन मुद्दा केन्द्रित स्वस्फुर्त थियो । जसलाई त्यतिवेलाको सरकारले अमानविय रुपमा दमन गर्यो । दमनमा परेर १९ जना भन्दा वढि नवयुवाहरुले वलिदान गरे । नवयुवाहरुको हत्याले आम जनतामा सरकार प्रति आक्रोस र घिणा वढायो । २४ गते आन्दोलन देशव्यापी फैलियो । देश र नेपाली जनताको हित नचाहने विभिन्न शक्तिहरु जो आन्दोलनको सुरुवाती देखी मैदानमा थिए तिनिहरु विद्रोहमा घुसपैठ गरे र जनताको आक्रोसलाई २४ गते देश जलाउने स्तरमा पुर्याए । यो भन्दा पहिला नेपालमा भएका थुप्रै विद्रोह र जनआन्दोलनमा इण्डियन धुर्वको मुख्य हस्तक्षेप हुने गरेको थियो । तर जेनजी जनविद्रोहमा अमेरिकी हस्तक्षेप दुनियाले देख्ने गरी भयो । अमेरिकी धुर्वका पात्र र प्रवृतिले आन्दोलन आफु अनुकुल वनाउन मुलत सफल भए ।

आन्दोलनमा ६ दर्जन भन्दा वढी जनताको वलिदान सयौ घाइते र अपाङ्ग हुनुपर्यो । देशका मुख्य संरचना जलाएर खरानी वनाइयो । आन्दोलनमा सरकारको ४४ अर्ब ९३ करोड ७३ लाख र नीजितर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबर क्षति भएको सरकारी तथ्यले वताउछ । राज्यका संरचनामाको अवस्था तिनिहरुमा विदेशी शक्तिको घुसपैठ र राजनीतिक पार्टीको हस्तक्षेप नाङ्गो रुपमा देखियो । केही दिन देश राज्यव्यवस्था विहिन भयो ।

 

सरकार गठन सामाजिक सञ्जालमा केही व्यक्तिहरुको छलफलवाट भयो । सरकार गठन गर्न वनाइएको सामाजिक सञ्जाल कसले कहिले कसरी वनायो भन्ने वारे आज सम्म पनि रहस्यकै विषय वनेको छ ।  कुनैपनि आन्दोलनमा संघर्षरत पक्ष र सरकार विच हुने सहमति पछी सरकार गठन गरिन्छ । यो आन्दोलनमा त्यसो गरिएन । सामाजिक सञ्जालमा केही व्यक्तिहरुको छलफलमा गठन भएको सरकार सँग केही महिना पछी सहमतिको नाटक मञ्चन गरियो । आन्दोलन र कानुनी दुइटै वाटो विराएर गठन भएको सरकारले आन्दोलनमा उठेका माग सम्वोधन गर्न संविधान सशोधन गर्नु पर्थ्यो । संविधान संशोधन गर्न आवश्यक पहल र तयारीमा सरकार जुटेन । नत: २३ गते जनता मार्नेलाई कार्वाही भयो नत: २४ गते देश जलाउन आदेश दिने र जलाउने माथि कार्वाही गरियो । इण्डियामा निर्वासित जिवन विताइ राखेका तिब्बतियन धर्मगुरु दलाई लामाले पहिलो पटक सरकार गठनको शुभकामना दिए । दलाई लामाका महत्वपुर्ण अधिकारीहरु तारन्तार हप्तौं भ्रमणमा नेपाल आइराखेकाछन् । बारवरा फाउण्डेसनका दलालहरु छातिफुलाएर देश दौडाहामा छन् । जनता मार्ने र देश जलाउन आदेश दिनेहरु प्रधान मन्त्रिको रिले दौडमा छन् । सरकार प्रमुख र मन्त्रीहरु कुनै पार्टी विशेष भएको विषय छरपष्ट भएको छ । थुप्रै मन्त्रीहरु अमुक पार्टीको फेरो समाएर देश वदल्ने ढोङ्ग पिट्दै चुनावमा होमिएका छन् । 

 

यही फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गरिदैछ । चुनावमा ७९ हजार ७ सय २७ नेपाली सेना, ३४ हजार ५ सय ७६ शसस्त्र प्रहरी, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, १ हजार ९ सय २१ राष्टिय अनुसन्धान र १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरेर २ लाख ४६ हजार ९ सय ६० जनालाई खटाइएको छ । राज्यकोषवाट अर्वौ रकम चुनावको नाममा खर्च गरिदैछ । लाखौं संख्यामा सुरक्षा कर्मि परिचालन गरेर गरिने चुनावले निकास हैन जनतामा आतङ्क पैदा गरेको छ । वास्तविक जनताले प्रतिनिधि चुन्न वन्दुक र पैसा चाहिदैन । तर यहाँ वन्दुकको डर र पैसाको प्रलोभनमा चुनाव हुदैछ । सरकारले जनता मार्ने र देश जलाउनेलाई सुरक्षित वनाउन चुनावको नाटक गर्दैछ । यो चुनावले निकास हैन विनास ल्याउने निश्चित छ । 

 

जेनजी जनविद्रोह अपहरणमा परेको छ । आन्दोलनलाई अपहरण गर्नेहरु चुनावी मैदानमा होमिएका छन् । त्यसको सुरक्षा कथित अन्तरिम सरकारले गरेको छ । जेनजी जनविद्रोहको मुख्य मुद्दालाई सम्वोधन गर्न नयाँ आन्दोलन आवश्यक छ । जनता मार्ने र देश जलाउनेलाई संरक्षण हैन दण्ड दिनुपर्छ । देशको रक्षा र जनताको जिवन वदल्न सच्चा मालेमावादी कम्युनिस्ट पार्टी विच तत्काल एकता र देशभक्त परिवर्तनकारी शक्ति सँग संयुक्त मोर्चा गठन गर्नुपर्छ । 

संयोजक 

क.मुक्ति

ग्रेटर नेपाल कम्युनिस्ट पार्टी

© 2026 janayatra.com All rights reserved. | Design by OWC