janayatra

ग्रेटर नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागि नहुने

Author जनयात्रा बुधबार, ०६ फागुन २०८२

views
ग्रेटर नेपाल कम्युनिस्ट पार्टी चुनावमा सहभागि नहुने

नेपाल-भाद्र २३ गतेको जेन जी जनविद्रोह पछी वनेको सरकारले यहि फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने घोषणा गरेको छ । अहिलेको चुनावले देश र जनतालाई निकास नदिने भएकाले ग्रेटर नेपाल कम्युनिस्ट पार्टी सहभागि नहुने वताएको छ । काठमाडौं केन्द्रिय कार्यालयमा वसेको नवौं स्थायी समिति वैठकले सो निर्णय गरेको हो ।  २३ गते भएको जेन जी जनविद्रोहको माग चुनाव नभएको पार्टीले वताएको छ । वैठक पछी पार्टी संयोजक क. मुक्तिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ जेन जी जनविद्रोह कुशासनका विरुद्ध सुशासनका पक्षमा थियो । लाखौै सुरक्षाकर्मिको परिचालनमा गरिने कथित दलाल संसदिय चुनावले निकास नदिने वरु झन देश र जनतालाई संकटमा पार्ने देखिन्छ । वन्दुक्क र पैसाको वलमा गरिने निर्वाचनले स्थायित्व र विकास नदिने पक्का छ । चुनावमा आम उत्पीडित श्रमजीवि, देशभक्त एवम् परिवर्तनकारी जनता सहभागी नहुन र देशको रक्षा र जनताको अधिकारका लागि दलाल संसदिय राज्यव्यवस्था विरुद्ध संघर्षमा सहभागि हुन पार्टीले विशेष अपिल गरेको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC