janayatra

पार्टीको पहलमा संघर्ष समिति वन्यो

Author जनयात्रा सोमबार, १२ माघ २०८२

views
पार्टीको पहलमा संघर्ष समिति वन्यो

नेपाल-ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको दाङ जिल्ला समितिको पहलमा संघर्ष समिति घोषणा गरिएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाको वडा नं १८ दुधरासमा अवस्थित सोनापुर मिनरल्स एण्ड आयल्स प्रा.लि. द्वारा सञ्चालित सिमेन्ट कारखानाको धुलो धुवाँ र ध्वनी प्रदुषणका विरुद्ध संघर्ष समिति वनेको हो । रेशम वस्नेतको संयोजकत्वमा ७ जनाको पदाधिकारी सहित २९ सदस्यीय समिति वनाइएको छ । सिमेन्ट कारखानाको धुलो धुवाँ र ध्वनी प्रदुषणले स्थानीय वासि पिडित वनेकाछन् । पिडित स्थानीयहरुले पटक पटक संघर्ष गर्दै आएका छन् । संघर्षको वेला कारखानाले विभिन्न सहमति गरेर कार्यान्वयन नगरेको स्थानीयहरुको गुनासो छ । कारखानावाट निक्लिने प्रदुषणले स्थानीयवासीको स्वास्थ्य जोखिममा परेको वताइएको छ । खेतवारीमा उत्पादन गरिने वालीनाली तरकारी धुलोले गर्दा खान नसकिने स्थानीयले वताएका छन् । नाम उल्लेख नगर्ने स्वर्तमा केही श्रमिकले भने कारखानामा काम गर्ने नेपाली श्रमिकमाथि सेवा सुविधामा विभेद गरिन्छ । कारखाना भित्र एउटै स्तरमा  काम गर्ने नेपाली र इण्डियन श्रमिकलाई नेपाली र इण्डियन मुद्रामा फरक खाले ज्याला दिने गरिएको गुनासो छ ।  प्रदुषण विरुद्ध वोल्दा कारखानामा कार्यरत हाकिमहरुले धम्कि दिने गरेका छन् । धुलो धुवाँ र ध्वनी प्रदुषण पुरै नियन्त्रण नभए सम्म आन्दोलन गर्ने संघर्ष समितिले वताएको छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC