पार्टीको दाङ जिल्ला समितिले ३०४ औं पृथ्वी जयन्ती मनायो
नेपाल-ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको दाङ जिल्ला समितिले ३०४ औं पृथ्वी जयन्ती मनाएको छ । दाङ जिल्लाको तुलसीपुरको जेसीआई चोकमा जिल्ला समिति सदस्यहरु भेला भएर पृथ्वी जयन्ती मनाईएको हो । कार्यक्रममा दाङ जिल्ला समिति संयोजक क.महान र पार्टी केन्द्रिय सदस्य क.विवेक लगायत कमरेडहरु उपस्थित भई पृथ्वी नारायण शाहको तस्विरमा अवीर लगाउनु भएको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै कमरेड विवेकले पृथ्वी नारायण शाह एक राजा भन्दा पनी भौगोलीक रुपमा ग्रेटर नेपाल निर्माण गर्ने मुख्य नेतृत्व भएकोमा पार्टीले पृथ्वी जयन्ती मनाएको । पृथ्वी नारायण शाहलाई एक राजा र राजावादीको कोणवाट हेर्न नहुने विवेकले भन्नु भयो । पार्टी स्थापना काल देखी पृथ्वी जयन्ती मनाउदै आएको र पहीलो पटक पार्टीको व्यानरमा खुल्ला कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी नारायण शाहले भौगोलिक रुपमा ग्रेटर नेपाल वनाउने पहल र नेतृत्व नगरेको भए नेपाली सभ्यता र देश नहुने कुनै देशको सभ्यताको अधिनस्थ हुनु पर्ने अवस्था आउने थियो । नेपाल देश र सभ्यता निर्माणमा पृथ्वी नारायण शाहको मुख्य भुमिका रहेकाले सवै देशभक्त नेपाली जनताले पृथ्वी जयन्ती एक पर्वकै रुपमा मनाउनु पर्छ । यतिवेला देश भुराजनीति संकटमा परेको र त्यसको समाधान खोज्न पृथ्वी नारायण शाहवाट सैन्य, कुटनीतिक, आर्थिक, सामाजीक र सांस्कृतिक क्षेत्र वाट महत्वपुर्ण शिक्षा लिन सकिन्छ । राष्ट्रिय स्वाधिनता र वर्गसंघर्षको अधुरो लडाई लाई विजयी वनाउन ग्रेटर नेपाल कम्युनिस्ट पार्टी गठन भएको हो । देशभक्त कम्युनिस्ट र प्रगतिशिल सवै नेपाली जनता एक भएर देश र जनताका समस्याहल गर्ने नयाँ क्रान्ति आवश्यक भएकोमा विवेकले विशेष जोड दिनु भएको थियो ।