लुम्बिनी लाइन्सलाई एनपीएल सिजन २ को उपाधि
नेपाल–सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लाइन्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको छ । अघिल्लो सिजनमा उपविजेता वनेको सुदूरपश्चिम यो पटक पनि उपविजेतामै सिमित बन्यो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ९ ओभरमै ४ विकेटको क्षतिमा लुम्बिनीले जित निकालेको थियो । एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लाइन्सले हात पारेको हो ।