एनपीएल दोस्रो सिजन सान्दार रुपमा सुरु हुदैँ
नेपाल–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन मंसिर १ गते देखि सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा सुरु हुने अधिकांस खेलहरु फ्लडलाइट बालेर समेत खेलिदैछ । पहिलो संस्करण भव्य भएको थियो । दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले १ करोड १० लाख राशिको पुरस्कारसहित उपाधि जितेको थियो । सुदूरपश्चिम रोयल्सले उपविजेता वनेर ५१ लाख, तेस्रोमा कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पुरस्कार पाएका थिए । यसपटक आयोजक क्यानले ४० करोड बराबरको रकम उठाउने लक्ष्य राखेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले खेलको सुरक्षा प्रवन्ध चुस्त, दुरुस्त राख्न निर्देशन दिएका छन् । उद्घाटन खेल मंसिर १ गते साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच अपराह्न ४ बजेदेखि सुरु हुदैछ ।