janayatra

विपिन जोशीको शव काठमाडौँ आइपुग्यो

Author जनयात्रा सोमबार, ०३ कात्तिक २०८२

views
विपिन जोशीको शव काठमाडौँ आइपुग्यो

नेपाल-लडाकु समुह हमासले बन्धक बनाएका विपिन जोशीको शव सोमवार काठमाडौँ आइपुगेको छ ।  नेपाली सेनाले विपिनको शवलाई अन्तिम दाहसंस्कारको लागि महेन्द्रनगर लैजाने तयारी गरेको छ। २४ वर्षीय विपिन पढदै र कमाउदै गर्ने कार्यक्रम अन्तरगत इजराएल गएका थिए । ७ अक्टोबर २०२३ मा हमासले विपिनलाई गाजापट्टीसँग सिमाजोडिएको इजरायलको दक्षिणी क्षेत्र अलुमिम किवुजबाट बन्धक बनाएर लगेको थियो । एक महिनापछि इजरायली सेनाले विपिनको जीवित भिडियो सार्वजनीक गरेको थियो ।इजरायल र हमासबीच जारी युद्ध अन्त्य गर्ने क्रममा अमेरिकाले प्रस्ताव गरेको मध्यपूर्व शान्ति योजनाको पहिलो चरण अनुसार बन्धक र प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएपछि हमासले गत सोमबार विपिनको शव हस्तान्तरण गरेको थियो। तेलअबिबस्थित नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिनले डीएनए परीक्षण गरी शव विपिनको भएको पुष्टि गरेको छ। परिवारलाई प्राप्त पत्रअनुसार विपिनको टाउकोमा लागेको गोलीले मृत्यु भएको दाबी गरिएको छ। तर, उनले कहिले, कहाँ र कुन अवस्थामा मृत्यु भयो भन्ने स्वतन्त्र पुष्टि अझै भएको छैन। इजरायल र हमासले एक अर्कामा आरोप लगाएका छन्। हमासको दाबी अनुसार इजरायली हवाई आक्रमणमा विपिन मरेका हुन् भने इजरायलले विपिनको हत्या हमासले गरेको दाबी गरेको छ। हमासले २५१ जना बन्धक बनाएको थियो, जसमध्ये इजरायलले ३३ जना बन्धकको शव बुझेको छ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC