janayatra

प्रधानमन्त्रीको वार्ताका लागि पुरानै दललाई निम्तो

Author जनयात्रा सोमबार, ०३ कात्तिक २०८२

views
प्रधानमन्त्रीको वार्ताका लागि पुरानै दललाई निम्तो

नेपाल-जेन जेट आन्दोलन पछी गठन भएको अन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वार्ताका लागी सात राजनीतिक पार्टीलाई वोलाएकी छन् । वार्ता फागुन २१ गते हुने निर्वाचनका लागि गर्न खोजेको वुझिन्छ । सात राजनीति पार्टीका प्रतिनिधिलाई ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटार वोलाइएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार राष्ट्रिय मान्यता प्राप्त सात दललाई वार्तामा वोलाइएको छ । हरेक दलवाट दुई जनाको प्रतिनिधि पठाइदिन भन्दै प्रधानमन्त्रीले सम्वन्धित दललाई पत्र पठाएकी हुन् । जेन जेट आन्दोलनले विघटित संसदका राजनीतिक पार्टीहरुलाई मात्रै वार्तामा वोलाउनु जानकारहरुले संकाको दृष्टिले हेरीरहेको देखिन्छ । जेन जेट आन्दोलन संसदवादी दलहरुको राजनैतिक लुटपाट र सिन्डिकेटका विरुद्ध थियो । आन्दोलनवाट वनेको सरकारले फेरी तिनै दललाई मात्रै निकासका लागि वार्तामा वोलाउनु राम्रो संकेत होइन । यसअघि दलका प्रतिनिधिहरुसँग राष्ट्रपति कार्यालयमा छलफल गरिएको थियो । वार्ताका लागी निम्तो पाएका दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल (उपेन्द्र यादव) रहेकाछन् ।

 

twitter sharing button

messenger sharing button
 

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC