janayatra

नर्सहरुको आन्दोलनलाई ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको समर्थन

Author जनयात्रा आइतबार, ०२ कात्तिक २०८२

views
नर्सहरुको आन्दोलनलाई ग्रेटर नेपाल कम्युनिस्ट पार्टीको समर्थन

नेपाल-पोखरा मणिपाल र गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरुको आन्दोलन प्रति ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले ऐक्यवद्धता व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । आज साँझ पार्टी संयोजक मुक्तिले जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो । आन्दोलनरत नर्सहरुको माग सम्वन्धित मेडिकल कलेजले अविलम्व पुरा गर्न पार्टीले अनुरोध गरेको छ । श्रम ऐन कार्यान्वयन नगर्ने संस्थालाई कार्वाहीको दायरामा ल्याउन नेपाल सरकारको पार्टीले ध्यानाकर्षण समेत गरेको छ । आन्दोलनलाई आ-आफ्नो क्षेत्रवाट साथ सहयोग गर्न आम उत्पीडित श्रमजीवी वर्गलाई विशेष अनुरोध गरिएको छ । पोखरा मणिपाल र गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरुले अदक्ष कामदार भन्दा कम तलवमा आफुहरुलाई काममा लगाइएको भन्दै केही दिन यता कामकाज ठप्प पारेर आन्दोलन गरिराखेकाछन् । मणिपाल अस्पतालले आधारभुत तलव १२ हजार र अन्य सुविधा गरेर महिनाको १५ हजार रुपैया दिइराखेको छ । गण्डकी मेडिकल कलेजले आधारभुत तलब १२ हजार र अन्य सुविधा गरेर १९ हजार ५ सय रुपैयाँ दिइराखेको छ । श्रम ऐनले श्रमिकको न्युनतम तलब १९ हजार ५०० रुपैया तोकेको छ । यो तलब स्केल भनेको अदक्ष श्रमिकले पाउने न्युनतम हो । नर्सिङ विशेषज्ञ पेसा हो, त्यसैले यसलाई श्रम ऐन अन्तर्गत राख्न नहुने सरकारले नै बताएको छ। पाँचौं तहको नर्सको न्यूनतम तलब र सुविधा मासिक ३८ हजार रूपैयाँ तोकिएको भएता पनि निजी मेडिकल कलेजहरुले दिन मानिराखेका छैनन् । देशैभरीका अधिकांस मेडिकल कलेजमा कार्यरत नर्सहरुको अवस्था यसतै रहेको छ । फोटो सेतो पाटी वाट । पार्टीको प्रेस विज्ञप्ति ।

 

© 2026 janayatra.com All rights reserved. | Design by OWC