janayatra

टिओवी समुहका दावा लामाको नागरिक्ता शंकास्पद

Author जनयात्रा आइतबार, ०२ कात्तिक २०८२

views
टिओवी समुहका दावा लामाको नागरिक्ता शंकास्पद

नेपाल-जेन जेट आन्दोलनमा टिओवी टिसर्ट लगाएर आन्दोलनमा उत्रेका टिवेट समर्थक दावा लामालाई पेस्तोल काण्डमा प्रहरीले अनुसन्धान गरिरेहेको थियो । उनुसन्धानले उनले वोकेको पेस्तोल नक्कली भएको भनेपनी उनले गरेका गतिविधिले गर्दा आम जनतामा संका कायमै रहेको छ । दाला लामा हाल प्रहरी हिरासदमा अनुसन्धानको दायरामै छन् । अनुसन्धान गर्दा दावा लामाको नागरिकता समेत शंकास्पद रहेको प्रहरी अधिकारीहरुले वताएकाछन् । अधिकारीहरुका अनुसार उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएकोछ । काठमाडौँ महानगरपालिका ६ बाट जारी भएको जन्मदर्ता वि सं २०६३ चैत १० गते उल्लेख गरिएको छ भने नागरिकतामा २०७९ साल असार महिनामा जारी भएको देखिन्छ । उनको विवरण महानगरपालिकाको ढड्डामा नभएको अधिकारीहरुले वताएकाछन् । वडा नम्वर ६ का वडा अध्यक्ष भुवन लामाले सो कुरा वताउनु भएको छ । उनलाई २७ असोजमा थप अनुसन्धान गर्नका लागि ६ दिने म्याद थपिएको छ । दावा लामा समुहले लगाएको टिओवीको अर्थ टिवेटिएन ओर्जिनल वल्ड भन्ने हुन्छ ।

© 2026 janayatra.com All rights reserved. | Design by OWC