जेन जी सहिदहरुलाई १० राजनीतिक पार्टीको देशैभर संयुक्त श्रद्धाञ्जली
नेपाल-भाद्र २३ गते जेन जी सहितको जनविद्रोहका सहिदहरुलाई १० राजनीतिक पार्टीले आज देशैभरी संयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेकाछन् । श्रद्धाञ्जली कार्यक्रममा १० राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली कार्यक्रममा जनताहरुको वाक्लो उपस्थिति रहेको थियो । १० राजनीतिक पार्टीका नेता कार्यकर्ता र जनताहरुले संयुक्त रुपमा विभिन्न नारा लगाएर कार्यक्रम समापन गरेका थिए । जेन जी जनविद्रोहले विद्यमान व्यवस्थाका सवै अङ्गलाई धरासायी वनाएको छ । न्यायपालीका, कार्यपालीका र व्यवस्थापीका लगाएतका सयौँ भौतिक संरचना ध्वस्त भएका छन् भने प्रधान मन्त्रि केपी वली वालुवाटार छोडेर भाग्न वाध्य भए । ठुला नेताहरुका निवास जलेर खाग बनेकाछन् । हाल सम्म आन्दोलनमा ५१ जनाले ज्यान गुमाएका मध्य ४१ जनाको सनाखत भएको अधिकारीहरुले वताएकाछन् । जेन जी आन्दोलनका मुख्य मुद्दा ओझेलमा पार्ने सडयन्त्र भएको भन्दै १० राजनीतिक पार्टीहरुले २६ गते संयुक्त प्रेस विज्ञप्ति निकालेर विरोध जनाएका थिए । संयुक्त विज्ञप्तिमा २७ गते आन्दोलनका योद्धाहरुको सम्झनामा देशैभरी दिप प्रज्वलन गर्ने २८ गते विरोध सभा गर्ने र २९ गते अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरिएको छ । १० वटा राजनीतिक पार्टीहरुमा मुक्ति संयोजक रहेको ग्रेटर नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) - धर्मेन्द्र बास्तोला “कन्चन” वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल - आहुति नेपाल कम्युनिष्ट पार्टी - बसन्त बोगटी अखिल नेपाल कम्युनिष्ट पार्टी - नारायण शर्मा “ समाजवादी कम्युनिष्ट पार्टी नेपाल - पूर्ण बहादुर सिंह "समरजंग" श्रमिक जनता पार्टी नेपाल - दुर्गा बराइली “संघर्ष” वसन्त नेकपा (बिद्रोही) – विके सिंङ नेपाली, नेकपा (क्रान्तिकारी) - अरुण घिसिङ रेडफोर्स नेपाल - मार्शल रहेकाछन् ।


